विराटनगरको अर्किड कलेजमा हाजिर जवाफ

<span class='c1'>विराटनगरको अर्किड कलेजमा</span> <span class='c2'>हाजिर जवाफ</span>

विराटनगर / विराटनगर १० मा रहेको अर्किड कलेजमा आयोजना गरिएको अन्तरकक्षा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सगरमाथामा टिन्स क्लव अर्किड कलेजले शुक्रबार आयोजना गरेको हाजिर जवाफ प्रतियोगितामा कक्षा ११ को विज्ञान संकायको एस्टर सेक्सन विजेता भएको छ ।

कलेजबाट फाईनलमा पुगेका ८ वटा समुह मध्ये एस्टर सेक्सन विजेता भएको शिक्षक नायक बिनोद बास्तोलाले जनाकारी दिए । विजेताहरुलाई कलेजका कलेजका प्रिन्सीपल दिपेश बास्तोला , डाईरेक्टर सिएम रिजाल, सिएम श्रेष्ठ, मनिस भट्टराई, डा. सुजित कुमार साह लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

साथै कलेजले लिएको पहिलो त्रैमासिक परीक्षामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको छ । यसैविच कक्षा ११ को बोर्ड परीक्षामा कलेज टप गर्ने व्यावस्थापन संकायकी हसिना श्रेष्ठ र विज्ञान संकायका आकाश कुमार ठाकुरलाई कलेजले सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्