विराटनगरमा ३ दिने ‘सडक महोत्सव’ हुदै, १ लाख दर्शकले अवलोकन गर्ने

<span class='c1'>विराटनगरमा ३ दिने ‘सडक महोत्सव’ हुदै,</span> <span class='c2'>१ लाख दर्शकले अवलोकन गर्ने</span>

विराटनगर । ‘पर्यटन बर्ष २०२०’ लाई सफल बनाउन विराटनगरमा ३ दिने सडक महोत्सव हुने भएको छ ।
पर्यटन बर्ष २०२० लाई स्थानिय स्तरबाट सहयोग पुगोस भन्ने उदेस्यका साथ विराटनगरमा मन्जिना मुभिज क्रिएशनले पहिलो पटक सडक महोत्सव गर्ने जनाएको छ । विराटनगरमा मन्जिना मुभिज क्रिएशनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी ३ दिने सडक महोत्सव हुनेबारे जानकारी गराएको हो ।


आगामी माघ १ गतेबाट विराटनगर २ स्थित शनिहाटमा सडक महोत्सव हुने बताइएको छ । महोत्सवमा स्वदेशी, स्थानीय उत्पादन, विभिन्न खानाका परिकारहरु स्टलमा राखिने बताइएको छ । साथै सडक महोत्सवमा सांगितिक तथा मनोरन्जनात्मक कार्यक्रम पनि रहेको छ । सांगितिक कार्यक्रममा स्थानिय कलाकर्मीलाई पहिलो प्राथमिकतामा राखिने छ भने राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थिती प्रत्येक दिन रहने छ , सडक महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्