टंकीसिनवारीमा जेष्ठ नागरिक दिवासेवा केन्द्र स्थापना, भलाकुसारी गर्ने थलो बन्यो

टंकीसिनवारीमा जेष्ठ नागरिक दिवासेवा केन्द्र स्थापना, भलाकुसारी गर्ने थलो बन्यो

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ३ मा जेष्ठ नागरिक दिवा सेवाकेन्द्र स्थापना भएको छ । नेपाल ग्रामिण विकास सेवा केन्द्र (एनआरसीडिसी)ले टंकी सिनवारीको सामुदायिक स्वास्थ्य केन्द्र नजिकै नागरिक दिवा सेवा केन्द्रको भवन सम्पन्न गरि संचालनमा ल्याईएको हो ।
आज एक कार्यक्रमको आयोजना गरि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घाटन गरे । नव निर्मित भवनको उद्घाटन गर्दै प्रदेश प्रमुख अधिकारीले उमेर ढल्किँदै जाँदा जेष्ठ नगारिकको सहारा नहुने अबस्थामा दिवा सेवा केन्द्रबाट मनोरञ्जनसँगै स्वास्थ्य प्रति संवेदनशिल बनाउने र भलाकुसारी गर्ने थलोको रुपमा विकास हुने बताए । भवनको सम्पुर्ण काम पुरा हुँदा झण्डै ३० लाखको लागतमा सेवाकेन्द्र संचालनमा ल्याईएको हो ।सेवाकेन्द्रमा जेष्ठनागरिकले हरेक दिन भेला हुने, कुराकानी गर्ने थलोको रुपमा यसलाई प्रयोग गर्ने छने, यहाँ भजन किर्तन, धार्मिक पुस्कत पढ्ने ब्यवस्था गरिनेछ । भजन किर्तनसँगै भजन सुन्ने भन्ने तथा बिभिन्न धाििर्मक गतिबिधिमा उनीहरु संलग्न हुनेछन् । सेवा केन्द्रमा आउने जेष्ठ नागरिकको हरेक हप्ता स्वास्थ्य परिक्षण गरिने संस्थाका अध्यक्ष मणीकुमार अज्याले जानकारी दिए । यही सेवा केन्द्रमा आएका जेष्ठ नागरिकलाई बुढेसकालमा ध्यान दिईने कुराको बारेमा प्रशिक्षण दिने, पोषणयुक्त खानेकुराको बारेमा जानकारी, योगा सिकाउने लगायतका दैनिक गतिबिधि गराईने अज्र्यालले बताए । यो दिवा सेवा केन्द्रबाट दैनिक ४० जनाले लाभ लिनेछन् ।
सहयोगी हात
भवनको निर्माण पुरा भएसँगै उद्घाटन भएको सेवा केन्द्रमा संरचना निर्माणसँगै थप सामाग्रीको जोहोपनि गरिएको छ । विराटनगरमा रहेको सिर्जना फाईनान्सले पंखा र टिभी, फ्रिज सहित पानीलाई सफा बनाउने अक्वागार्ड सहयोग गरेको छ । त्यस्तै विराटनगरका समाजसेवी दिनबन्धु गोयलले एक सय थान कुर्सी दिने भएका छन् । ईन्भेष्टमेन्ट फाईनान्सले १ थान दराज, टेबुल र एक थान कुर्सी कार्यालय संचालनकालागि उपलब्ध गराएको छ ।
त्यस्तै प्राईम बैंकले ८२ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको संस्थाका अध्यक्ष अज्र्यालले जानकारी दिए । प्रभु बैंकले भान्साका सामान र जुट कार्पेट उपलब्ध गराउने छ । बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले गाउँपालिकाले १ बर्षसम्मको लागि चिया, बिस्कुट पानी उपलब्ध गराउने तथा नव निर्मित भवनको फल्स सिलिङ हालिदिने प्रतिवद्धता जनाएका छन् । प्रदेश सभा सदस्य चुमनारायण तवदारले जेष्ठ नागरिक दिवा सेवा केन्द्रको लागि फिजियोथेरापी गर्ने मेसिन सांसद विकास कोषबाट उपलब्ध गराउने उपलब्ध गराउने सोही कार्यक्रममा प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्