उत्तर पुस्तिका चित्त बुझ्दो जाँच नगरेको भन्दै ,विराटनगरमा विद्यार्थीले थाले अनिश्चितकालिन रिले अनशन (भिडियो सहित)

उत्तर पुस्तिका चित्त बुझ्दो जाँच नगरेको भन्दै ,विराटनगरमा विद्यार्थीले थाले अनिश्चितकालिन रिले अनशन (भिडियो सहित)

विराटनगर । आफुले लेखेको उत्तर पुस्तिका चित्त बुझ्दो जाँच नगरेको भन्दै विद्यार्थीले विराटनगरमा अनिश्चितकालिन रिले अनशन थालेका छन् । विद्यार्थीहरुले विराटनगर २ मा रहेको पुर्वाअञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि शुक्रबारबाट अनसन सुरु गरेका हुन् । उत्तरपुस्तिका परीक्षण (जाँच) मा लापरबाही गरेको भन्दै विद्यार्थीहरुले विगत ३ दिनदेखी आन्दोलन गर्दै आएका छन् ।

https://www.facebook.com/ourbrt/videos/999310947069332/

पटक–पटक परीक्षा दिँदा पनि अनउत्तीर्ण हुने गरे पनि आफूले लेखेको उत्तरपुस्तिका हेर्दा उत्तीर्ण भएको पाइएको भन्दै विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराटनगरकै इष्टर्न र आंगिक पुसेट ईञ्जिनियरिङ क्याम्पसनका विद्यार्थीहरू ३ दिन देखि आन्दोलित छन् ।

विभिन्न माग राखेर आन्दोलन गरिरहे पनि सुनुवाई नभएपछि रिले अनशनमा बस्नु परेको विद्यार्थी नेता शिवरत्न साहले जानकारी दिए । माग पूरा नभएसम्म रिले अनशन जारी राख्ने अर्का विद्यार्थी अभिषेक भट्टराईले बताए ।
आन्दोलनरत विद्यार्थीले यस अघि परीक्षा नियन्त्रक र सह–नियन्त्रकको कार्यालय सहित प्रशासन र लेखा शाखामा तोडफोड गरी क्षति पुर्याएका छन् ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राडा. सूर्यप्रसाद संग्रौलाले विद्यार्थीहरुले उठाएका मागहरु नीति र नियममा रहेर सम्बोधन गर्न आफूहरु तयार रहे पनि विद्यार्थी आन्दोलित बनेको बताए । विषय विज्ञलाई देखाएर उत्तरपुस्तिका परीक्षणमा लापरबाही भएको पाइएमा त्यहीअनुरुप अघि बढ्ने संग्रौलाले बताए ।
विद्यार्थीले सुरु गरेको अनसनस्थलमा भने सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरेको थियो । अनसन सुरु गर्नु अघि विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र पनि बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्