१५ माघ २०७६, बुधबार

विराटनगरको तीनपैनीदेखि उद्योग संगठन हुँदै शनीहाट सडक कालोपत्रेको तयारीमा

विराटनगर । विराटनगरको तीनपैनीदेखि उद्योग संगठन हुँदै शनीहाटसम्मको सडक कालोपत्रेको तयारी थालिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सचिवालयले तीनपैनी , बन्जरा चोक, उद्योग संगठन हुँदै शनिहाट चोकसम्मको सडक भोली मंसिर २१ देखि प्राईमकोटको तयारीमा रहेको जनाएको छ । प्राईमकोटको तयारीमा रहेको सडक सुक्ने , सुकाउने क्रममा रहेकाले सो सडकमा पानी नहालिदिन समेत सचिवालयलले अनुरोध गरेको छ । सचिवालयको फेसवुक पेजमा कामको शिलसिलाका क्रममा धुलो उड्न गई नगरवासीलाई हुनजाने असुविधा प्रति समेत क्षमा मागिएको छ ।

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस