१६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान : जिल्ला प्रहरी कार्यालय मोरङमा अन्तरक्रिया

१६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान : जिल्ला प्रहरी कार्यालय मोरङमा अन्तरक्रिया

विराटनगर । लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तराष्ट्रिय अभियानको अवसरमा अन्तरक्रिया कार्यशाला गोष्ठी सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा भएको अन्तरक्रियामा महिला हिंसाका कारण र यसको रोकथाम गर्ने अपनाईनु पर्ने उपायको बारेमा छलफल भएको थियो ।
विराटनगर महानगरपालिकाकी उपमेयर ईन्दिरा कार्कीले हिंसा गर्ने छुट कसैलाई पनि नभएको बताईन् । सामाजिक परिवेशको कारण हिंसाका पीडाहरु डरले भित्रै लुकाईराख्ने प्रचलन विस्तारै अन्त्य हुँदै गएको प्रहरी कार्यालय लगायत सम्बन्धित निकायमा आउने उजुरीले स्पष्ट पार्ने गरेको बताईन् ।
लैंगिक हिंसाको न्यूनिकरण तथा नियन्त्रणका लागि महानगरपालिका सदैव क्रियाशिल रहने कार्कीले प्रतिवद्धता जनाईन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले मोरङ जिल्लामा विद्यमान लैंगिक हिंसाको अवस्थाको विश्लेषण सहितको प्रस्तुतिकरण गरेका थिए ।
सरोकारवाला पदाधिकारीहरुले लैंगिक हिंसा विरुद्धको कार्यक्रममा स्थानीय तह, प्रहरी, सामाजिक संघसंस्थाहरुले एकिकृतरुपमा गर्नुपर्ने विविध कार्यक्रमहरु सुझावको रुपमा दिएका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले महिला माथि हुने हिंसा विद्यमान रहेकाले कानुुन कार्यान्वायनलाई प्रभावकारी बनाईएको बताए । कार्यक्रममा बुढीगंगा गाँउपालिकाका उपप्रमुख अमृता कुमारी गच्छदार सहित स्थाजनीय पालिकाका महिला बालबालिकाको शाखा हेर्ने कर्मचारी सहित बिभिन्न निकायका प्रमुख तथा पदाधिकारीको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्