शुरु भयो विराटनगरमा सिँगिया सरसफाई अभियान, पाँच पालिका अभियानमा एकजुट

शुरु भयो विराटनगरमा सिँगिया सरसफाई अभियान, पाँच पालिका अभियानमा एकजुट

विराटनगर । विराटनगरको घिनाघाटबाट सिँगियाखोला सरसफाई अभियान शुरु भएको छ । सिँघिया खोलाको अस्तित्व जोगाउने भन्दै स्थानीय ५ वटा पालिका र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले यो अभियान शुरु गरेका हुन् ।

बिहान करिब ७ बजे बिराटनगरको बुद्धचोकबाट बाजागाजा सहित सरसफाई गर्न निस्किएको टोलीले घिनाबाटबाट सरसफाई शुरु गरेको थियो । शुभारम्भ गर्न भन्दा पहिला सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले खोलालाई पुजा गरेर सरसफाई अभियान शुरुवात गरेका हुन् ।

[caption id="attachment_101018" align="alignnone" width="1024"] शुभारम्भको क्रममा सिँगिया खोलोको अस्तित्व संकटमा परेकाले सबैको सहयोगबाट सिगिँया खोलो सफाई गर्ने बताए । पहिलो चरणमा बिराटनगर महानगरपलिका र बुढीगंगा गाउँपालिकाको सीमा पुष्पलाल चोकको पुर्बमा रहेको घिनाकाटको पुलबाट सरसफाई अभियानको शुरु गरिएको थियो ।[/caption]

सरसफाई अभियानमा मन्त्री घिमिरे सहित मेयर पराजुली समेत विभिन्न संघ संस्था, टोल विकास संस्थाहरुको समेत उपस्थिती थियो। लायन्स, लियो, माडवारी युवा मञ्च तथा परिषदहरु, पालिकाका वडाअध्यष, वडा वासीहरुको सहभागीता थियो ।
सरसफाई अभियानमा ठुलो संख्यामा सर्बसाधारणको भिड देखिएपनि सरसफाई गर्ने क्रममा भने कमै देखिन्थे। अधिकांश सेल्फी र फोटो खिच्नमा ब्यस्त थिए । नेपाली सेना र नेपाल प्रहरी सहित सशस्त्र प्रहरीको ठुलो टोली सरसफाईमा पानीमा पस्ने देखि पानीबाट फोहोर निकाल्नमा समेत ब्यस्त थिए ।

विराटनगरको घिनाघाटदेखि दक्षिण भाथिगछसम्मको १० किलोमिटरलाई पहिलो चरणमा नमुनाको रुपमा अभियान शुरु भएको हो । जसमा खोलाको नाप तथा नक्साङ्कन, अतिक्रमित जग्गा खाली गर्ने, खाली जग्गाहरुमा बृक्षरोपण गर्ने तयारी पनि सिँघिया खोला सरसफाई अभियानसँगै हुने विराटनगर महानगरपालिकााका मेयर पराजुलीले बताए । यो सरसफाई अभियानलाई दिर्घकालिन योजनाका साथ शुरु भएको उनले स्पष्ट पारे ।
सिँगिया खोलाको हात्तिमुडादेखि घिनाघाटसम्मको १२ किलोमिटर, घिनाघाटदेखि दक्षिण भाथिगछसम्मको १० किलोमिटर र भाथिगछदेखि नेपाल भारत सिमा क्षेत्रसम्मको १० किलोमिटरलाई फरक फरक क्लष्टर विभाजन गरि काम गर्ने प्रदेश सामाजिक विकास मन्त्रालय, बुढीगंगा गाउँपालिका, ग्रामथान गाउँपालिका, कटहरी गाउँपलिका र जहदा गाउँपालिकासँगको संयोजनामा सरसफाई अभियान शुरु भएको सामाजिक विकास मन्त्री घिमिरेले जानकारी दिए ।

यसैविच सरसफाई अभियानको क्रममा बिराटनगर महानगरपालिकाले निर्माण गरेको सन्देश मुलक जिङ्गल विवादित भएको छ। म्हानगरपालिकाले आफ्नो मात्र अभियानको रुपमा जिङ्गल निर्माण गरेपनि अन्य पालिकाका प्रमुखहरुले यो गलत भएको बताए । बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले अभियानमा हामी सबैको साथ रहेको देखाउने तर सन्देश मुलक जिङ्गलमा महानगरले आफ्नो मात्र नाम राखेर गलत गरेको आरोप लगाए ।

कटहरी गाउँपालिकाका अध्यक्ष राजकुमार कामतले यो बिषय महत्वपुर्ण भएकोले बैठकमा उठाउनु पर्ने बताए । महानगरले मात्र अभियान गरेको हैन सबैको साथ छ, तर प्रचार सामाग्रीमा महानगरपालिकाले मात्र गरेको हो भनेर देखाउन खोजियो , उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्