जिल्ला स्तरीय वादविवाद प्रतियोगितमा सरकारी बिद्यालय प्रथम, यी विद्यार्थीले पाए पुरस्कार

जिल्ला स्तरीय वादविवाद प्रतियोगितमा सरकारी बिद्यालय प्रथम, यी विद्यार्थीले पाए पुरस्कार

विराटनगर । बुढीगंगाकोे नेमुवामा रहेको स्मृति इङलिस बोर्डिङ्ग स्कुलले आयोजना गरेको जिल्ला स्तरीय अन्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। २२ वटा विद्यालयको सहभागी रहेको थियो । पक्ष र विपक्ष गरि दुबै समुहमा विभाजन गरेर भएको कार्यक्रममा प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार दिईएको छ ।

प्रतियोगितामा पक्षको तर्फबाट पोखरीया माबिको कक्षा ९ की छात्रा रोनिश्मा पोखरेल र विपक्षको तर्फबाट कर्मविर माबिको कक्षा ९ का छात्र डिप्लव माझी प्रथम भए । त्यसैगरी द्वितीय स्थानमा पक्षबाट वि.के.भि.एम स्कुल विराटनगरकी दिलासा लिम्बु र एवान क्वालिटी स्कुलकी संस्कृती कर्ण भईन् भने विपक्षवाट एजेलिया स्कुलका रोचक घिमिरे भए ।
तृतिय स्थानमा होलिल्यान्ड स्कुल की स्वेता रोय र मोरङ्ग पब्लिक स्कुल की प्रमिका हिङमाङ्ग भएको बिद्यालयले जनाएको छ । सान्त्वना पुरस्कार भने प्यारागन एकेडेमीका प्रवेश दहाल भएका छ्न। पुरस्कृत हुने प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमश नगद १२ हजार ५ सयका दरले २५ हजार बितरण गरियो । द्धितीय ८ हजार ५ सयका दरले १७ हजार, तृतीय ५ हजार पाँच सयका दरले ११ हजार र सन्त्वना ३ हजार ५ सयका दरले दुईजनालाई ७ हजार वितरण गरिएको बिद्यालयकी प्रिन्सिपल रीता न्यौपानेले जानकारी दिईन् ।
कार्यक्रममा पुरस्कृत हुने बिद्यार्थीहरुलाई बुढिगंगा गाउँपालिका अध्यक्ष वालचन्द्र माझीले पुरस्कार वितरण गरे ।
मोरङ जिल्ला स्तरीय अन्तर स्कुल बादबिवाद प्रतियोगिता हरेक वर्ष माघ ९ गतेका दिन स्मृति इङलिस बोर्डिङ्ग स्कुलमा संचालन गरिने न्यौपानेले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्