झापाको बैगुन्धुरा स्वास्थ्य चौकी भवनको उद्घाटन, विराटनगरका चौलागाईलाई सम्मान

झापाको बैगुन्धुरा स्वास्थ्य चौकी भवनको उद्घाटन, विराटनगरका चौलागाईलाई सम्मान

विराटनगर । झापाको वैगुन्धुरामा स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । नव निर्मित भवनको एक कार्यक्रमका बिच गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले उद्घाटन गरेका हुन् ।
उद्घाटन सँगै विपि कोईराला स्वास्थ्य विज्ञानको प्राविधिक सहयोगमा वृहत महिलाहरूका लागि स्वास्थ्य शिविर समेत सँगै आयोजना गरिएको छ । कार्यक्रममा विपी कोईराला स्वास्थ्य विज्ञानका वरिष्ठ स्त्रीरोग विषेषज्ञ डा . रोहित (पप्पु) रिजालको टोलीले स्थानीय महिलाहरुको स्वास्थ्य परिक्षण गरेको थियो । शिविरमा २८० जना महिलाले प्रत्यक्ष्य लाभ लिएका छन् ।
स्थानीयले गुणस्तरीय स्वास्थ्यका लागि भवन मात्र पर्याप्त नहुने भएकोले कम्तीमा कन्सल्टेन्ट डाक्टर, ल्याव र विमा सहितको अन्यत्र रेफर गर्न सक्ने सम्मको सुविधा हुन अति आवस्यक रहेको बताए । एउटा भवनले मात्र आम नागरिकले स्वास्थ्य सेवा नपाउने भन्दै तत्काल प्राबिधि सहितको सेवा उपलब्ध गराउन स्थानीयको माग छ ।
न्गरपालिकाले तत्काल जनताको चाहनाका आधारमा सेवा सुचारु गारउन स्थानीयले दवाव दिएका छन् । गौरादह नगरपालिकाका मेयर रोहित शाहले स्थानीयको कुराले आफ्नो ध्यानाकर्षण भएको भन्दै केही दिन भित्रमा केही ब्यवस्था गर्न पहल थालिने आश्वासन दिए ।
सोही अवसमा जग्गा दाता पुर्व गाविस अध्यक्ष समेत रहेका विराटनगर निवासी उतम चौलागाई र युवराज चौलागाईलाइ जग्गा दाताको रुपमा सम्मान गरिएको छ । सामाजिक क्षेत्रमा योगदान दिएका चौलागाईलाई जग्गादाताको रुपमा योगदान दिएको भन्दै उनको प्रशंसा गरिएको थियो । गौरादह नगरपालिका वडा नम्बर ९ का अध्यक्ष सिताराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत नगेन्द्र वस्नेत र कार्यक्रम सन्चालन स्वास्थ्य केन्द्र प्रमुख विष्णु श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्