विराटनगरको ट्राफिक चोकको पान पसलमा मदिराले लठ्ठ उपप्राध्यापकले फोडे सिसा

विराटनगरको ट्राफिक चोकको पान पसलमा मदिराले लठ्ठ उपप्राध्यापकले फोडे सिसा

विराटनगर । विराटनगरको ट्राफिक चोकमा रहेको एक पान पसलमा उपप्रध्यापकले सिसा तोडफोड गरेका छन् । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको बिबिए विभागका विभागीय प्रमुख उद्गम मिश्रले ट्राफिक चोकको पान पसलको सिसा फोडेका हुन् । शनीवार साँझ मदिरा सेवन गरेर पान पसल पुगेका मिश्रले पान पसलका संचालक सुरज सिंहसँग गाली गर्दै सिसा फोडेका हुन् ।
साँझै मिश्रले पान पसलमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेर छाडेको छ । पक्राउ लगत्तै पान पसल संचालक सिंह र मिश्र बिच प्रहरीले छलफल चलाएको थियो । छलफल पछि मिश्रले क्षतीपुर्ति तिर्ने बताउँदै आएका थिए । प्रहरीले साँझ नै त्यो बिषय मिलाउने प्रयास गरेको हो । तोडफोड भए लगत्तै ओबीलाई प्राप्त जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालयमा यस बारेमा जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालयले कुनै जानकारी नभएको बतायो । तर प्रहरी कार्यालयमा भने यो बारेमा छलफल भईरहेको थियो ।
तर प्रहरीले भने घटनाको बारेमा पुष्टी गरेको छ । घटनामा संलग्नलाई छलफल गरेर क्षतीपुर्ति तिराउने सहमती भएकोे जनाएको छ ।

पान पसल संचालक सुरज सिंहका अनुसार, ‘साँझ म सँग आएर पान माग्नु भयो मैले पान बनाउँदै थिएँ, पान पसलमा भिड थियो केही समय लाग्ने भएपनि म छिटो छिटो पान बनाउँदै थिएँ उहाँले म सँग पानको पेष्ट माग्नु भयो मैले पेष्ट दिएँ । त्यसपछि किन पहिला पेष्ट दिएको भन्दै पहिला बाल्टीमा भएको पानी पानभरी हालिदिनु भयो पछि त्यही पानी छ्यापेको ठाउँमा माथिबाट सिसा फोडिदिनु भयो ।’ मिश्रले सिसा फोडेपछि केहीबेर भनाभन भएको थियो । पछि मिश्रलाई प्रहरीले पक्राउ गरेर लगेको थियो । वडा प्रहरी कार्यालयमा भएको लामो छलफल पछि उपप्रध्यापक मिश्रले फोडेको क्षतीपुर्ति तिर्ने सहमती भएको छ । उनले भोली आएर क्षतीपुर्ति तिर्नेछन् । मदिराले लठ्ठ भएका मिश्रले गरेको गतिबिधिको बारेमा त्यहाँका ब्यापारीहरुले आलोचना गरेका थिए । ‘एउटा लेक्चर जस्तो मान्छेले यस्तो गर्नु हुँदैनथ्यो, सुरजले भने, ‘यस्ता ब्यक्तिबाट हामी जस्ताले के सिक्ने ?’ यस बारेमा जानकारी लिन खोज्दा उपप्राध्यापक मिश्रसँग सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्