मापसे गरेर पान पसल तोडफोड गर्ने महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक क्षतिपूर्ति दिने शर्तमा छुटे

मापसे गरेर पान पसल तोडफोड गर्ने महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक क्षतिपूर्ति दिने शर्तमा छुटे

विराटनगर । विराटनगरको ट्राफिक चोकमा रहेको एक पान पसलमा तोडफोड गर्ने प्रध्यापकलाई क्षतिपूर्ति दिने शर्तमा छाडिएको छ ।
विराटनगरको महेन्द्र मोरङ क्याम्पसको बिबिए विभागका विभागीय प्रमुख उद्गम मिश्रले ट्राफिक चोकको पान पसल गएराती मापसेको सुरुमा पसल फोडेका थिए ।


शनीवार साँझ मदिरा सेवन गरेर पान पसल पुगेका मिश्रले पान पसलका संचालक नरेश सिंहसँग बिभिन्न गाली गर्दै तोडफोड गरेको मोरङ प्रहरीले जनाएको छ । साँझै मिश्रले पान पसलमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेर छाडेको छ ।
पक्राउ लगत्तै पान पसल संचालक सिंह र मिश्र बिच वडा प्रहरीले छलफल चलाएको थियो । छलफल पछि मिश्रले क्षतीपुर्ति तिर्ने बताउँदै आएका थिए । प्रहरीले साँझ नै क्षतिपूर्ति दिने सहमतीमा छाडिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । यता तोडपोड गर्ने प्रध्यापक मिश्रले भने सामान्य वादविवाद हुदाँ क्षति पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्