सडक मर्मतको माग गर्दै मोरङको दुलारीमा स्थानीयको विरोध, १५ मिनेट सडक अबरुद्ध

सडक मर्मतको माग गर्दै मोरङको दुलारीमा स्थानीयको विरोध, १५ मिनेट सडक अबरुद्ध

विराटनगर । सडक मर्मत नभएको भन्दै मोरङको सुन्दर हरैचा नगरपालिका वडा नम्वर ४ र ५ को सडक स्तरोन्नतीको माग गर्दै सडक अबरुद्ध गरेका छन् । लामो समयदेखि सडक मर्मत नगरेको भन्दै स्थानीयले शनिबार देखी सांकेतिक रुपमा १५ मिनेट सडकमा अवरुद्ध गर्न थालेका छन् ।
सुन्दरहरैचाको ४ र ५ नम्वर वडामा पर्ने बाँसबारी चौकमा लामो समयदेखी महेन्द्र राजमार्ग भत्किएको छ । भत्किएको राजमार्गमा दैनिक साना सवारी साधन दुर्घटना हुँदै आएको र आसपासमा बस्नै सक्ने अबस्था नभएपछि आन्दोलित हुनु परेको स्थानीयको आरोप छ । स्थानीय दिपेश श्रेष्ठले सडक मर्मतमा कसैको पनि ध्यान नगएपछि आन्दोलित हुनु परेको उनको भनाई छ ।
पटक–पटक सडक डिभिजन कार्यालय बिराटनगरलाई ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको कारण आफुहरु आन्दोलित भएको श्रेष्ठ बताउँछन् । दुई बर्ष अघिको बाढीले बगाएको सडक आजसम्म पनि सामान्य मर्मतसम्म नहुँदा स्थानीय समस्यामा छन् ।
स्थानीयले शान्तिपुर्ण आन्दोलन गर्दै आएका स्थानीयले तत्काल माग सम्बोधन नभए कडा आन्दोलनमा जाने समेत उनीहरुको चेतावनी छ । पुर्व पस्चिम राजमार्गमा दैनिक हजारौंको संख्यामा सवारी साधन कुद्ने सडकको झण्डै पाँच सय मिटर सडक दयनिय अवस्था रहेको छ ।
ऋहिले दैनिक १५ मिनेट बन्द गर्दै आएका उनीहरुले यो समय अबधि बढाएर आन्दोलनका कार्यक्रम बढाउने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्