विराटनगरका मन्दिरमा मागेर जीवन चलाउनेलाई सहयोग

विराटनगरका मन्दिरमा मागेर जीवन चलाउनेलाई सहयोग

विराटनगर । विराटनगरको विभिन्न मन्दिरमा मागेर जीवन गुजारा गर्दै आएका व्यक्तिहरुलाई विराटनगरका एक व्यक्तिले न्यानो कपडा वितरण गरेका छन् । विराटनगर १२ कोशी प्रोजेक्ट अभिवादन टोलका ४५ बर्षिय गोविन्द सहनीले आफ्नो श्रीमतीको मृत्यु भएको एक वर्षको पुण्य तिथीमा न्यानो कपडा वितरण गरे ।
एक बर्ष अगाडी हृदयघातका कारण निधन भएकी ३५ बर्षिया वविता सहनीको पुण्य तिथीमा उनका श्रीमान् गोविन्दले जाडोका कपडा बितरण गरेका हुन । विराटनगरको काली मन्दिर र शनि मन्दिरमा बसेर माग्दै जीवन गुजरा चलाउने ६० जनालाई न्यानो कपडा वितरण गरेका हुन् । घरका छोरा बुहारी र साथीसँग आएका गोविन्दले न्यानो कपडा वितरण गरेका थिए् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्