विराटनगरमा ग्याँसबाट आगलागी हुँदा एकजनाको ज्यान गयो

विराटनगरमा ग्याँसबाट आगलागी हुँदा एकजनाको ज्यान गयो

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर २ शनिहाटमा सिलिण्डरबाट आगो लागेर एकजनाको ज्यान गएको छ । स्थानीय ७५ बर्षिय जयप्रसाद दाहालको ग्याँस सिलीण्डरमा भएको आगलागीका कारण ज्यान गएको हो ।
भाडामा लगाईएको घरमा शुक्रवारमात्र उनी काठमाडौबाट आएका थिए । एक्लै बसेका उनी घरमा एक्लै थिए । परिवारका सबै सदस्य काठमाण्डौ बस्दै आएका कारण राधेश्याम दराक नाम गरेका ब्यक्तिलाई घर भाडामा लगाएकोमा उनीहरु शुक्रवार मात्र डेरा सरेका थिए । दाहाल परिवारले घरजग्गा बेच्ने भएपछि उनीहरु त्यहाँबाट अन्यत्र सरेका हुन् ।
टेलिफोन लाईन सार्ने प्रयोजनका लागि आईतवार बिहान राधेश्याम दराक त्यहाँ पुग्दा दाहाल मृत फेला परेका थिए । आगनमा पुगेर पटकपटक घरधनिलाई बोलाउँदा समेत ढोका नखोलेपछि आफुले छरछिमेक बोलाई कोठामा प्रवेश गर्दा दाहाल आगलागिबाट जलेर मृत भेटिएको दराकले बताए ।
मृतक भेटिएको कोठामा कोशी ग्याँसको पाईप जलेको र रेगुलेटरको क्याप निस्किएको अवस्थामा भेटिएको छ भने मृतकको शरिरका अधिकांश भाग जलेर कोठाको भुईमा लडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्