विराटनगरको नोवेल अस्पतालमा फेरी सुत्केरीको मृत्यु,अस्पताल क्षेत्र तनावग्रस्त

<span class='c1'>विराटनगरको नोवेल अस्पतालमा फेरी</span> <span class='c2'>सुत्केरीको मृत्यु,अस्पताल क्षेत्र तनावग्रस्त</span>

विराटनगर । सुत्केरीको मृत्यु भएपछि विराटनगरको नोेवेल शिक्षण अस्पतालमा विरोध प्रदर्शन भएको छ । अहिले अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । शल्यक्रियामार्फत प्रसूति गराइएकी २९ वर्षीया जानुका श्रेष्ठको मृत्यु भएपछि आइतबार दिउँसोदेखि मृतकका आफन्तले प्रदर्शन गरेका हुन् । चिकित्सकको लापरवाहीले मृत्यु भएको उनीहरुको आरोप छ । इलामको फिक्कल घर भइ मोरङको लेटाङ नगरपालिका–६ खेरुवास्थित माइतीमा बस्दैआएकी श्रेष्ठलाई प्रसूति व्यथाले च्यापेपछि शुक्रबार साँझ नोवेलमा भर्ना गरिएको थियो ।

अस्पतालकी बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. शान्ति सुवेदी नेतृत्वको टोलीले राति १० बजे शल्यक्रिया गरेर प्रसूति गराएको थियो । पहिलो सन्तानका रुपमा छोरा जन्माएकी श्रेष्ठको अवस्था गम्भीर बन्दै गए पनि चिकित्सकले वास्ता नगरेको जानुकाका बुवा गणेशकुमार श्रेष्ठले बताए । 'शल्यक्रिया गरेपछि चार घण्टासम्म चिकित्सकले वास्तै गरेनन् । बिहान २ बजेपछि छोरीको मृत्यु भयो,' गणेशले भने । सुत्केरीको मृत्यु भएपछि परिवारका सदस्य र आफन्त शनिबार शव अस्पतालमै छाडेर गएका थिए । उनीहरुले अहिले पनि शव बुझ्न अस्वीकार गरेका छन् ।

शल्यक्रियापछि रक्तश्राव नरोकिएर जानुकाको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् । आइतबार अस्पताल घेराउ गर्न आएका आफन्त र स्थानीय बासिन्दाले नाराजुलुस र प्रदर्शन गरिरहेका छन् । साँझ प्रदर्शन झन् बाक्लो छ ।नाराजुलुस गर्दै प्रसूति वार्डतिर हुल बढेपछि रोक्न खोज्दा मृतक पक्ष र प्रहरीबीच झडप समेत भएको छ । अस्पताल भित्र पसेको हुललाई साँझ प्रहरीले सामान्य बल प्रयोग गरेर बाहिर निकालेको छ ।

साँझ अवेरसम्मै अस्पताल बाहिर नाराजुलुस र प्रदर्शन जारी छ । लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनुपर्ने, आगामी दिनमा घटना दोहोरिन नहुने, पीडित पक्षलाई उचित क्षतिपूर्ति दिइनुपर्ने माग प्रदर्शनकारीले अघि सारेका छन् । साथै माग पूरा नभएसम्म शव अस्पतालमै राख्ने र जिम्मा लिन अस्वीकार गर्ने उनीहरुको अडान छ । शल्यक्रिया र उपचारमा चिकित्सकले कुनै लापरबाही नगरेको अस्तालको दावी छ । मृतक पक्षले क्षतिपूर्ति वापत सिधै ३० लाख रुपैयाँ माग गरेकाले समाधान ननिस्किएको अस्पताल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्