सुशीला चापागाईं स्मृति समाजसेवा पुरस्कार गोबिन्द पोखरेल र दुर्गा दाहाललाई

सुशीला चापागाईं स्मृति समाजसेवा पुरस्कार गोबिन्द पोखरेल र  दुर्गा दाहाललाई

विराटनगर । विराटनगरका दुई जना समाजसेवीहरुलाई सुशीला चापागाईं स्मति समाजसेवा पुरस्कार प्रदान गरिएको छ । समाजसेवामा लामो समयदेखि योगदान गरेका गोबिन्द पोखरेल र दुर्गा दाहाललाई एक समारोहबीच आइतबार पुरस्कार प्रदान गरिएको हो ।

मोरङको कटहरी गाउँपालिकामा अवस्थित नारी विकास संघको प्राङ्गणमा स्मृति दिवस आयोजना गरिएको थियो । त्यस अवसरमा स्व. चापागाईंको व्यक्तित्व र योगादाबारे वरिष्ठ साहित्यकार दधीराज सुवेदी, कटहरी गाउँपालिकाका वडाअध्यक्ष कपुर माझी,सल्लाहकार बिनयहरि दाहाल, करूणा जोशी र एबसी नेपालकी अध्यक्ष विष्णु शर्माले चर्चा गरेका थिए ।

नारी विकास संघकी संस्थापक अध्यक्ष चापागाईंले खासगरी पिछडिएका र सीमान्तकृत महिलाको उत्थानमा सहयोग पुर्याएकी थिइन । अहिले पनि संघले महिलाको उत्थानको लागि काम गर्दै आएको संघकी केन्द्रीय  अध्यक्ष सीता शर्माले बताइन् ।

उनले भनिन्,‘‘संघले अहिले पनि महिलाहरुको अधिकार र आर्थिक उन्नतिको लागि विभिन्न किसिमका कार्यक्रम संचालन गर्दै आएको छ ।’’ चापागाईंले विस २०३८ सालमा नारी विकास संघ दर्ता गरी संचालनमा ल्याइएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्