अब प्राकृतिक पद्धतीको उपचार विराटनगरमा, चार उद्यमी महिलाले शुरु गरे अस्पताल

अब प्राकृतिक पद्धतीको उपचार विराटनगरमा, चार उद्यमी महिलाले शुरु गरे अस्पताल

विराटनगर । विराटनगरमा चार जना समाजसेवी महिलाले स्वास्थ्य सेवामा लगानी गरेका छन् । विराटनगरमा झण्डै साढे ७ करोडको लागतमा अस्पताल संचालनमा ल्याएका हुन् । विराटनगरका शिवा उपाध्याय, राधा अधिकारी ढकाल, विना कार्की र नमिता न्यौपाने पोखरेलले विराटनगरमा ओम वेलनेस अस्पताल प्रा.लि. संचालनमा ल्याएका हुन् ।

विराटनगर महानगरपालिका वडा नम्बर २ बरगाछी दक्षिण सौगात मार्गमा अस्पताल संचालनमा आएको हो । अस्पतालको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्य क्षेत्रमा भएको लगानीबाट आफु खुसी भएको बताए । उनले प्राकृतिक चिकित्सकीय पद्धतीबाट उपचार गराउन शुरु गरेकोमा शुभकामना तथा बधाई दिए ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयुर्बेदिक उपचार पद्धती बैकल्पीक उपचारको रुपमा नभई मुल प्रवाहीकरणको उपचार प्रक्रिया रहेको बताए । उनले यो प्रकृतिक चिकित्सकीय पद्धतीलाई सबैले अंगाल्नु पर्नेमा जोड दिए । उनले मानिसको जीवन शैली अप्राकृतिक हुँदै गएको अबस्था प्रति चिन्ता ब्यक्त गर्दै त्यसको लागि खानपान देखि आहार बिहारमा पनि ध्यान दिनु पर्नेमा जोड दिए ।

[caption id="attachment_101116" align="alignnone" width="1024"] om welness Hospital Biratnagar[/caption]

वेलनेस अस्पताल महाराजगंज काठमाडौको सहकार्यमा प्रदेश १ मा पहिलो पटक प्रकृतिक उपचार पद्धतीबाट सेवागर्ने उदेश्यले काम शुरु भएको हो । वेलनेस अस्पताल काठमाडौका अध्यक्ष डाक्टर जनकबहादुर बस्नेतले रोगीलाई निरोगी बनाउन र निरोगीलाई दिर्घजीबी बनाउनको लागि विराटनगरमा ओम वेलनेस अस्पतालमा प्राकृतिक रुपमा उपचार हुने बताए ।

अस्पतालकी अध्यक्ष शिवा उपाध्ययले चारजना महिला मिलेर शुरु गरिएको अस्पतालबाट सेवा सुचारु गरिएकोले सबैलाई सहयोग गर्न आग्रह गरिन् । आज एक कार्यक्रमका बिच उद्घाटन भएको ओम वेलनेस अस्पतालले भोली सोमबारदेखि २५ गतेसम्म निशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्ने जनाएको छ ।
अस्पतालकी संचालक नमिता न्यौपानेले मंसिर २३ गतेदेखि २५ गतेसम्म अस्पताल भित्रै निशुल्क स्वास्थ्य विविर संचालन गरिएकोले काठमाडौबाट आएका डाक्टरहरुले सेवा दिने जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्