एसएसबी र सशस्त्र प्रहरी बिच सीमा क्षेत्र जोगवनीमा संयुक्त सुरक्षा गस्ती

एसएसबी र सशस्त्र प्रहरी बिच सीमा क्षेत्र जोगवनीमा संयुक्त सुरक्षा गस्ती

जोगवनी । नेपाल भारत सीमा क्षेत्र जोगबनीमा दुबै देशमा सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका छन् । पिलर संख्या १७९देखि १८४ सम्म संयुक्त गस्ती गरेका हुन् । आईतवार गरेको संयुक्त गस्तीको मुख्य उदेश्य दुई देश बिचमा हुने तस्करी नियन्त्रण गर्नु रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
यस्ता सुरक्षा अभ्यासले दुई देश बिचको सुरक्षा तथा नागरिक प्रतिको विस्वास बढाउने उदेश्य रहेको सशस्त्र प्रहरी निरीक्षक सरोज आचार्यले जानकारी दिए । नेपाल भारत सीमा क्षेत्रमा अझै तस्करी रोकिन सकेको छैन । दुई देश बिचको समन्वय र सम्बन्धले तस्करी नियन्त्रण हुने विस्वास दुबै देशका सुरक्षा अधिकारीको छ ।
सीमा क्षेत्रमा भएको संयुक्त सुरक्षा गस्तीमा भातीय सीमा सुरक्षा बल ५६ बि वाहिनीका उपनिरीक्षक वीरेन्द्र कुमार, सहायक उपनिरीक्षक अनित कुमार, मुख्य आरक्षी संजीव कुमार तथा आरक्षी अमित माझी एवम् करुणा साहू रहेका थिए । त्यस्तै शसस्त्र सीमा सुरक्षा बल रानीको तर्फबाट सशस्त्र प्रहरी निरीक्षक सरोज आचार्यको नेतृत्वमा टोली परिचालित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्