१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा आज यी खेल !

<span class='c1'>१३ औं दक्षिण एसियाली खेलकुद</span> <span class='c2'>प्रतियोगितामा आज यी खेल !</span>

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुँदैछ । महिला फुटबलको उपाधिका लागि नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पोखरा रंगशालामा खेल्दैछ । नेपाल अघिल्लो संस्करणमा भारतसँग पराजित भएर रजत पदकमा चित्त बुझाएको थियो । यसपटक नेपाली टोली भारतसँग बदला लिने दाउमा छ । यद्यपी लिग चरणमा नेपाल भारतसँग १–० गोलले पराजित भएको थियो ।

नेपाल पुरुष फुटबलको भने फाइनलमा पुगेको छ । फाइनल खेल समापन समारोह अघि मंगलबार दशरथ ंगशालामा हुनेछ । फाइनलमा नेपाल र भुटान भिड्नेछन् । साग क्रिकेटको  अन्तर्गत पुरुषतर्फको फाइनल खेल पनि सोमबार हुँदैछ । स्वर्णका लागि श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । सागको आठौं दिनसम्म नेपाल ४५ स्वर्ण जितेर पदक तालिकाको दोस्रो स्थानमा छ । एक सय ४५ स्वर्ण जितेको भारत शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्