महेन्द्र मोरङमा शिक्षकको विषयमा विद्यार्थी विभाजित, राजनीतिको आडमा तोडफोड गर्दै

महेन्द्र मोरङमा शिक्षकको विषयमा विद्यार्थी विभाजित, राजनीतिको आडमा तोडफोड गर्दै

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीले फेरी तोडफोड र तालाबन्दी गरेका छन् । उप प्राध्यापक उद्मक मिश्रको बिषयलाई लिएर बिद्यार्थीहरु दुई धारमा विभाजित भएर क्याम्पस तोडफोडमा समेत उत्रिएका हुन् ।
कहिले शिक्षक त कहिले विद्यार्थी अनि कर्मचारीको विषयले प्राय क्याम्पस हातामा विवाद उत्पन्न हुनेदेखी कलेज तोडफोड अनि आगजनीसम्म हुने गरेको छ ।

मंगलबार पनि एक शिक्षकको विषयलाई लिएर क्याम्पस हाता भित्र विवाद देखियो । विवाद मात्र भएन एक दिनको पढाई नै प्रभावित भयो । महेन्द्र मोरङ क्याम्पसको बिबिए विभागका विभागीय प्रमुख उद्गम मिश्रको विषयलाई लिएर कलेजमा दुई विद्यार्थी समुह विच विवाद उत्पन्न भएपछि एक दिनको पढाई नै रोकिन पुग्यो । गत शनिबार राती कलेजका प्रध्यापक उद्गम मिश्रले मादक पदार्थ सेवन गरी ट्राफिक चोकमा रहेको एक पान पसलमा तोडफोड गरिएको विषयलाई लिएर कलेजका विद्यार्थीहरु दुई धार विभाजित भएका हुन् ।
विविए संकायका विद्यार्थीहरु एक समुह उद्गम मिश्रको संरक्षणमा देखिएका छन् भने अर्को समुह हटाउनु पर्ने माग राख्दै आन्दोलन छन् । आवर विराटनगरको टिम कलेजमा पुगिरहदाँ सबै विद्यार्थी कक्षा तोडफोड गरेर कलेज परिसरमा फरक फरक समुह बनाएर गफिँदै थिए ।
उप–प्रध्यापक उद्गम मिश्र आईतबारदेखि कलेज गएका छैनन् । यता कलेज प्रशासनले भने तत्कालका लागि व्यवस्थापन विभागको प्रमुखमा ताराप्रसाद यादवलाई नियुक्त गरेको छ । क्याम्पस प्रमुखको कार्यालयबाट मिति २०७६ मंसिर २३ गतेदेखि लागु हुनेगरी अर्को व्यवस्था नभएसम्मका उनलाई जिम्मेवारी दिईएको हो ।
यस बारेमा उद्गम मिश्रले सानो कुरालाई जबरजस्ती ठूलो प्रोपोगाण्ड बनाउन खोजिएको बताए ।
महेन्द्र मोरङ क्याम्पसका प्रमुख बाबुराम तिमल्सिनासँग यो बारेमा जानकारी लिन उनको कार्यकक्षमा पुग्दा दुईवटा ताला लगाएको भेटियो । क्याम्पस प्रमुख त्यहाँँ थिएनन् । विद्यार्थी संगठनहरुले तीन साता अगाडी देखी नै विभिन्न माग राख्दै क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको छ । क्याम्पस प्रमुख तिमल्सिनालाई फोनमा सम्र्पक गर्न खोज्दा समेत उनको मोवाईल समेत स्वीच अफ गरिएको थियो ।

यसैबिच समाचार संकलन गर्न पुगेका हिमशिखर टेलिभिजनका सञ्चारकर्मी राकेश कर्णमाथि हातपात भएको छ । देशकै अग्रणी प्राज्ञिक थलो महेन्द्र मोरङ क्याम्पसमा एकजना प्राध्यापकको बिषयलाई लिएर विद्यार्थीबीच भएको विवाद सिर्जना बारे समाचार संकलन गर्न पुगेका पत्रकार कर्णमाथि हातपात भएको हो । सोही बिषयमा मंगलबार बिबिएका विद्यार्थीहरुबीच  विवाद सिर्जना भएको थियो । विवादमा बिबिए संकायका विद्यार्थीहरुबीच एकापसमा हात हालाहाल समेत भएको थियो । समाचार संकलनको उद्देश्यले उक्त विवादको भिडियो खिच्न पुगेका हिमशिखर टेलिभिजनका पत्रकार राकेश कर्णमाथि पनि केही विद्यार्थीले आक्रमणको प्रयास गरेका थिए । पत्रकार कर्णलाई भिडियो नखिच्न भन्दै त्यही क्याम्पसमा अध्ययन गरेका पुर्व विद्यार्थी प्रज्ज्वल अधिकारीले आक्रमणको प्रयास गरेका थिए । उनले खिचेको भिडियो डिलिट गर भन्दै अधिकारीले जबरजस्ती मोबाइल खोसेर लगेका थिए । कर्णले आफु पत्रकार भएको परिचय दिईसकेको भएतापनि क्याम्पसका पुर्व विद्यार्थी अधिकारीले उनीमाथि दुव्र्यवहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्