विराटनगरमा मारवाडी प्रिमियर क्रिकेट लिग हुने, ५ टिम सहभागी हुने

विराटनगरमा मारवाडी प्रिमियर क्रिकेट लिग हुने, ५ टिम सहभागी हुने

विराटनगर । विराटनगरमा नेपाल अग्रवाल युवा मचको मैत्रिपूर्ण क्रिकेट प्रतियोगीता आनन्द ईट्टा मारवडी प्रिमियम लिगको सातौ संस्करण हुने भएको छ । नेपाल अग्रवाल युवा मंच विराटनगरले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मारवाडी प्रिमियम लिग हुने जनाएको हो ।
आगामी पौष २ गतेदेखि सुरु हुने मारवाडी प्रिमियम लिगमा ५ वटा टिमको सहभागिता रहेने नेपाल अग्रवाल युवा मंचका अध्यक्ष राजेश अग्रवालले बताए । उनका अनुसार टिमहरुको विचमा १० वटा लिग म्याच हुने र अंकको आधारमा फाईनल म्याच पौष ५ गते हुने बताएको हो ।
प्रतियोगितामा विजयी टिमलाई ट्रफी सहित नगद ३१ हजार प्रदान गरिनेछ । द्धितिय हुने टिमलाई ट्रफी सहित नगद १५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । हरेक खेलका म्यान अफ द म्याचलाई ट्रफीका साथ २ हजार एक सयका दरले प्रोत्साहन पुरस्कार प्राप्त गर्नेछन् । म्यान अफ द सेरिजलले ट्रफीकासाथ नगद ५ हजार एक सय प्राप्त गर्नेछन् ।
उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट एमेजिङ प्लेयरलाई ट्रफिसहित नगद ३ हजार १ सय प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजनको रुपमा आनन्द ईट्टा रहेको छ भने सह प्रायोजकको रुपमा चेरी वाथ फिटिङग्स रहेको कार्यक्रमका संयोजक अभिषेक केडियाले जानकारी दिए । प्रतियोगिताका प्रबद्र्धनका निमित्त आगामी पौष १ गते दिउँसो अतिथि सदनबाट मोटरसाइकल ¥यालीको आयोजना गरिने केडियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्