आर्थिक अभावका कारण उपचार गराउन नसेका ६० बर्षिय बृद्धलाई न्यूरो अस्पतालको सहयोग

आर्थिक अभावका कारण उपचार गराउन नसेका ६० बर्षिय बृद्धलाई न्यूरो अस्पतालको सहयोग

विराटनगर
पैसाको अभावले उपचार गराउन नसकेका बिराटनगर—५ शंकरबारीका स्यामलाल सतारलाई एक युवाले उद्धार गरेको छ । न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्र कुमार विष्टका छोरा रितिक विष्टले स्यामलालको घर पुगेरै उद्धार गरेका छन् । पैसाको अभावमा उचित उपचार गराउन नसकेका बिरामी सतारको मस्तिष्क भित्र रक्त नली फुटेको थियो ।

उच्च रक्तचापका बिरामी रहेका सतार विगत ३ बर्ष देखि औषधि सेवन गर्दै आएका थिए , तर पछिल्लो एक महिना यता औषधि सेवन गर्न छाडेका सतारको आइतबार राति मस्तिष्कघात भएको थियो । बिरामी सतारकी श्रीमति सुशिला सतारले , बिराटनगर कै केहि अस्पतालमा प्रारम्भिक उपचार गराए पनि पैसाको अभावले उपचार नगराएर घर फर्किएको बताइन् ।
दुई छाक टार्दै आएको सतार परिवारले उपचारका लागि पैसा जोहो गर्न नसक्दा ६० बर्षिय स्यामलालको अवस्था निकै पीडादायी थियो । अन्ततः उनिहरुको समस्या थाहा पाउना साथ न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा.बिरेन्द्रकुमार बिष्टका छोरा रितिक विष्टले स्यामलाललाई न्यूरो हस्पिटल ल्याई निःशुल्क उपचार सुरु भएको बताउनुभयो । उहाँले स्यामलालको अहिले न्यूरो हस्पिटलको न्यूरो कृटिकल केयर युनिटमा उपचार भइरहेको छ ।

आइतबार बिहान स्यामलाल गाईलाई हेर्न गोठ गएका थिए । सोहि स्थानमा ढलेको श्रीमति शुशीलाले बताइन् । तत्कालै उस्पताल लगे पनि पैसाको अभावले उपचार हुन सकेको थिएन । भक्कानिदै उनले भनिन , अलि अलि भएको पैसा पनि सक्यो , पैसा नभए पछि केहि उपाय नलागेर घरमै राख्नु पर्यो । पीडितकी श्रमती सतारले भनिन् , अन्त्यमा एक जना युवा रितिक बाबुले नै सबै खर्च बेहोरेर निःशुल्क उपचार गर्दिने हुनुभयो । रितिक अहिले काठमाण्डौं मेडिकल कलेजमा एम.बि.बि.एस अध्यनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्