विराट एक्स्पोमा देखिनेछ ‘आशा’, कोशीको डल्फिनलाई बनाइयो मस्कट

<span class='c1'>विराट एक्स्पोमा देखिनेछ ‘आशा’,</span> <span class='c2'>कोशीको डल्फिनलाई बनाइयो मस्कट</span>

विराटनगर । कोशी नदीमा पाइने दुर्लभ गङ्गेटिक डल्फिन अब विराट एक्स्पोको नयाँ पहिचान बन्ने भएको छ। विराट एक्स्पो २०२६ को मस्कटका रूपमा डल्फिन छनोट गर्दै यसको नाम ‘आशा’ राखिएको छ।

उद्योग, व्यापार र उद्यमशीलताको उत्सवमा यसपटक आयोजकले वातावरण संरक्षणको सन्देश पनि जोड्न खोजेको छ। कोशी नदीको दुर्लभ जलचरलाई मस्कट बनाउनुको उद्देश्य स्थानीय जैविक विविधता र नदीको पारिस्थितिक प्रणाली संरक्षणप्रति जनचेतना फैलाउनु हो। आयोजकका अनुसार डल्फिन स्वच्छ र स्वस्थ नदीको प्रतीक हो। जसरी डल्फिनको अस्तित्वका लागि स्वच्छ पानी र स्वस्थ नदी प्रणाली आवश्यक हुन्छ, त्यसरी नै उद्योग, व्यापार र उद्यमशीलताको विकासका लागि पनि स्वस्थ व्यावसायिक वातावरण र सहकार्य आवश्यक हुन्छ।

‘आशा’ नामले नयाँ सम्भावना, सकारात्मक सोच र समृद्ध भविष्यको विश्वास बोकेको छ। एक्स्पोको मैत्रीपूर्ण प्रतिनिधिका रूपमा आशाले विद्यार्थी, युवा, उद्यमी र स्टार्टअपलाई सिकाइ, रोजगारी, बजार तथा लगानीका अवसरसँग जोड्ने सन्देश दिनेछ। नवौँ संस्करणको विराट एक्स्पो २०२६ आगामी पुस २ देखि ११ गतेसम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा आयोजना हुँदैछ। एक्स्पो दैनिक बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्