छोरालाई स्कुल बसमा पुर्याउन जाँदा, त्यही बसले अर्को छोरा किच्दा ज्यान गयो

छोरालाई स्कुल बसमा पुर्याउन  जाँदा,  त्यही बसले अर्को छोरा किच्दा ज्यान गयो

विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ रामपुरमा स्कुल बसले एक बालकलाई किच्दा ज्यान गएको छ । स्कुल बसले बुधबार बिहान २२ महिनाका नाबालकको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको कसेनी मोडल इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३०४६ नम्बरको बसले किच्दा प्रमोद साहका छोरा यसराजको बिहान ९ बजे घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार बस मटियारीबाट विद्यार्थी बोकेर विद्यालयतिर जाँदै थियो । खेल्दै जाने क्रममा बाटोमा विद्यार्थी चढाउन रोकेका बेला पछाडिबाट मुनी छिरेका बालकको त्यही बसले किचेर मृत्यु भएको उनको भनाइ छ ।
यसराजलाई घरमै छाडेर आमा शिवकुमारी एलकेजीमा अध्ययनरत अर्को छोरो ५ वर्षका सोनु साहलाई बसमा चढाउन आएकी थिइन् । त्यही क्रममा आमा र दाजुलाई पछ्याउँदै आएका यसराज बसको पछाडिबाट मुनी छिरेको र कोही कसैले नदेख्दा बस अगाडि बढाउने क्रममा घटना भएको वडा अध्यक्ष विश्वबन्धु बस्नेतले बताए । नाबालकको शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्