सर्वनाम थिएटरमा विराटनगरका पत्रकार नवोदितको साहित्य प्रस्तुती हुने

सर्वनाम थिएटरमा विराटनगरका पत्रकार नवोदितको साहित्य प्रस्तुती हुने

विराटनगर । पत्रकारितासँगै साहित्य क्षेत्रमा सक्रिय विराटनगरका कवि मीनकुमार नवोदित काठमाडौंको सर्वनाम थिएटरमा प्रस्तुत हुने भएका छन् ।
काठमाडौंको प्रतिष्ठित संस्था सर्वनाम थिएटर र श्री लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले हरेक महिनाको १ गते दुईजना कविलाई उभ्याउने गरेको छ । विगत लामो समयदेखि यो श्रृङ्खला जारी छ । जहाँ नेपालसँगै प्रवासी चर्चित कविहरू प्रस्तुत भइसकेका छन् । सर्वनामले पुसको श्रृङखलामा नवोदितलाई प्रस्तुत गर्न लागेको हो । सर्वनाम थिएटर र श्री लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले संयुक्त सूचना जारी गरेर नवोदितसहित दार्जिलिङका कवि नुहाङ्ग राईलाई प्रस्तुत गर्न लागेको जनाएको छ ।
पुस १ गते मंगलबार हुने कार्यक्रममा नवोदितले एक दर्जन आफ्ना चर्चित कविता प्रस्तुत गर्नेछन् । यसअघि नवोदित काठमाडौंकै राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान), पोखराको गन्धर्व थिएटर लगायतमा प्रस्तुत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्