विराटनगरका जयराज रायको निर्मता तथा लेखन रहेको ‘दि कर्मा’ माघ १७ मा (टिजर सहित)

विराटनगरका जयराज रायको निर्मता तथा लेखन रहेको ‘दि कर्मा’ माघ १७ मा (टिजर सहित)

विराटनगर ।  चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक भएको छ । आगामी माघको १७ गतेलाई प्रदर्शन मिति तय गरिएको यो चलचित्रको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ ।

चलचित्रको टिजरमा नायक करण वर्मा र नायिका नीता ढुंगानालाई एक्सन अवतारमा देखाइएको छ । यस्तै, नायिका परमिता आरएल राणालाई बोल्ड अवतारमा देखाइएको छ । कलाकार वुद्दि तामाङको भूमिका पनि दर्शकका लागि कौतुहलता प्रदान गर्ने खालको छ ।
देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रलाई मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको छ । विराटनगरका निर्माता जयराज रायको लेखन रहेको यो चलचित्रले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई प्रस्तुत गरेको छ । रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रमा सुशिल पोखरेलको पटकथा तथा संवाद छ ।

https://www.youtube.com/watch?v=b4XSFXXvQPo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्