दुई देशका राजदूत दमकको खेतमा

दुई देशका राजदूत दमकको खेतमा

झापा । नेपालका लागि इजरायली राजदूत डेनिश ओभर र इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यसहितको टोलीले झापाका धानखेतको अबलोकन गरेको छ ।

झापाको दमकमा गरिएको सामुहिक धानखेतीको अनुगमनको टोलीमा नेपालका लागि इजरायली राजदूत ओभर, इजरायलका लागि नेपाली राजदूत शाक्य, इन्टरनेश्नल एग्रिकल्चर डिपार्डका प्रमुख डिल हास्कल सहभागी थिए।
प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारी, संघीय कृषि मन्त्रालयबाट शंकर सापकोटा, प्रदेश १ का आन्तिरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, दमक नगरप्रमुख रोमनाथ ओलीलगायतले टोलीलाई स्वागत तथा अवलोकन गराएका थिए।
दुवै राजदूतसहितको टोलीले दमक ३ मा रहेको मानसरोबर कृषि सहकारी संस्थाद्वारा प्रवद्धित कृषि क्षेत्रको अवलोकन गर्यो ।
इजरायली टोलीले स्थानीय क्षेत्रमा लगाइएको अन्नबाली पकेट क्षेत्र, तरकारीबाली पकेट क्षेत्र, तेलहनबाली पकेट क्षेत्रहरूको स्थलगत अवलोकन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्