विराटनगरको गुद्री बजार राजनीति, हटाउन लागेको भन्दै व्यापारीको बिरोध प्रदर्शन

विराटनगरको गुद्री बजार राजनीति, हटाउन लागेको भन्दै व्यापारीको बिरोध प्रदर्शन

विराटनगर । विराटनगर महानगरपालिकाले गुद्रीलाई ब्यवस्थित गर्नको लागि गरेको निर्णयको विराटनगरका ब्यापारीले अटेर गर्ने संकेत दिएका छन् । बिराटनगर महानगरपालिकाको निर्णयलाई स्वागत गर्नु पर्नेमा ब्यापारी आफ्नो स्वार्थको कारण महानगरको निर्णय असफल गराउने अभियानमा लागेका हुन् ।
विराटनगरको मुख्य बजारमा रहेको गुद्री बजार हटाउन लागिएको भन्दै गुद्री बजारका व्यापारीहरुले विरोध गरे ।
बर्षौदेखी आफुहरुले व्यापार व्यावसाय गर्दै आएको ठाँउलाई विराटनगर महानगरपालिकाले अर्कै ठाँउमा सार्न खोजिएको भन्दै संघर्ष समिति नै बनाएर उनीहरुले विरोध प्रर्दशन गरेका हुन् । गुद्री बजारमा रहेका तरकारी फलफूल तथा माछा मासु थोक तथा खुद्रा व्यवस्थापन संघर्ष समितिले बुधबार र्याली निकाल्यो ।

विराटनगर बजार भित्र रहेको रहेको गुद्रि बजारलाई महानगरबाहिर लगेर व्यापारी र उपभोक्तालाई दुख दिन खोजिएको गुद्री बजार संघर्ष समितिका अध्यक्ष पशुपति भगतले आरोप लगाए । ऐतिहाँसिक रुपमा बजार क्षेत्रमा रहेको गुद्रि बजारलाई बजार क्षेत्र भन्दा ३ कि.मि. टाढा लैजानु उपभोक्ताको निमित पनि उपयुक्त नहुने बताए ।
एउटा इतिहास बोकेको गुद्रि बजारलाई विस्थापित नगर्नको लागि पटक पटक भनी रहदा पनि कुनै प्रकारको प्रतिकृया महानगरपालिकाले नदिएपछि एक हप्ता पहिला छ ब
बुदे माग सहित ज्ञापन पत्र बुझाएका सब्जी मण्डी तथा गुद्रि बजार व्यवस्थापन समितिका अध्यक्ष साहद महमदले बताए ।
महानगरपालिका छाडेर आफूहरु गाउँपालिकामा स्थानान्तरण हुन नसक्ने भन्दै व्यापारीले केही दिन अघि महानगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । महानगरपालिकाले मोरङको कटहरी गाउँपालिका–१ मा निर्माण भएको फलफूल तथा तरकारी थोक बजारमा गुद्री बजार सार्ने तयारी गरेर त्यही अनुसारको सूचना सार्वजनिक गरेको छ ।
व्यापारीहरु भने महानगर छाडेर गाउँपालिकामा नजाने भन्दै विभिन्न ६ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । गुद्री बजार सञ्चालनका लागि पायक पर्ने स्थानमा जग्गा उपलब्ध गराउनु पर्ने, महानगरभित्रै गुद्री व्यापारका लागि भवन बनाएर व्यापारीहरुलाई समेत सहभागिता गराउनु पर्ने लगायतका माग व्यापारीको छ ।
केही ब्यापारीको आफ्नो स्वार्थका कारण बिराटनगरको मुटुमा रहेको मुख्य बजारलाई नै अस्तब्यस्त पर्ने गरी गुद्रीलाई बाहिर जान नदिने भन्दै अन्दोलनको तयारीमा देखिएका हुन् ।
गुद्रीको अहिलेको बजारले कोशी राजमार्गको यातायात मात्र प्रभावित भएको छैन यही गुद्री बजारका कारण महानगरले फोहोरको समेत सामना गर्दै आएकोछ । बिच सडकमा पसल थाप्ने प्रबृती रोक्नको लागि संघीय सरकारकाले एकिकृत कृषि बजारको अबधारणा ल्याएर महानगरसँगै जोडिने गरी क्षेत्रीय कृषि बजार संचालनमा ल्याएको छ ।
क्षेत्रगत रुपमा कटहरी भनिएपछि बिजारटनगर महानगरपालिकासँगै जोडेर कृषि बजार निर्माण गरिएको थियो । कटहरी गाउँपालिका १ मा ५ बिगाहा २ धुर क्षेत्रफलमा अत्याधुनिक सुबिधा सम्पन्न फलफूल तथा तरकारी थोक बजार निर्माण भएको छ । १५ करोड ४९ लाख रुपैयाँमा निर्माण भएको यो बजारलाई संघीय सरकारले प्रदेश १ सरकारलाई बुझाएपछि कार्यविधि बनाएर गुद्री बजार सार्न खोजिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए ।
अव्यवस्थित रुपमा सञ्चालनमा रहेको तरकारी बजारलाई व्यवस्थित बनाउने उदेश्यले एकीकृत तरकारी तथा फलफूल बजार निर्माण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आएर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्