मोरङको लेटाङमा आफ्नै घरमा आगो लगाउने ब्यक्ति प्रहरी नियन्त्रणमा

मोरङको लेटाङमा आफ्नै घरमा आगो लगाउने ब्यक्ति प्रहरी नियन्त्रणमा

विराटनगर । आफ्नै घर र परालको कुन्यूमा आगो लगाउने मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका २४ वर्षीय टेकबहादुर खपाङ्गी मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरले गएराति साढे ८ बजे कुन्यू तथा बाँसको बेरा र टिनको छानो भएको एक तले घरमा आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । आगलागीबाट कुन्यू र घर तथा घर भित्र रहेका अन्नपात, लत्ताकपडा जलेर पूर्ण रुपमा नष्ट हुँदा दुई लाख बराबरको क्षति भएको छ ।
आगो दमकल, स्थानीय र प्रहरीको सहयोगमा डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगो लगाउने टेकबहादुरलाई भने पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालिएको डीएसपी खिँउजुले बताए।
टेकबहादुरले भने घटना अस्वीकार गरेका छन् । उनले आफूले खोले पकाउने क्रममा लाइटर पार्दा आगो सल्किएको र आफूले जानाजान नलगाएको प्रहरीलाई बताएका छन् । तर बुवा रुदीलालले भने घरमा भएको मनमुटावपछि आगो लगाएको बताएपछि टेकबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्