कोशी अस्पतालमा मन्त्री ढकालले भने, ‘सेवा प्रभावकारी बनाउनुस्, समायोजन म मिलाउँछु’

कोशी अस्पतालमा मन्त्री ढकालले भने, ‘सेवा प्रभावकारी बनाउनुस्, समायोजन म मिलाउँछु’

विराटनगर । संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विराटनगरस्थित कोशी अस्पताल बुधबार निरीक्षण तथा अन्र्तक्रिया गर्न आइपुगेका छन् । मन्त्री ढकालले कोशीमा कार्यरत चिकित्सक र स्थानियसँग अन्र्तक्रिया गरेका हुन् ।
अस्पतालको सभाहलमा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा स्थानिय दिपा पाठकले कोशी अस्पतालमा कार्यरत चिकित्सक समय सिमा भित्रसम्म नबस्ने समस्या रहेको मन्त्री समक्ष गुनासो राखिन् ।
‘कोशी अस्पतालमा ओपीडिमा चिकित्सक समय सिमासम्म नबस्ने समस्या रहेको छ,’ मन्त्री समक्ष विरामीको गुनासो सुनाउँदै उनले भनिन्, ‘यहाँ आएका विरामीले ओपीडिमा पहिलो पटक समस्या राखेपछि रिपोर्ट देखाउँने बेलामा चिकित्सक भेटन सकिदैन । रिपोर्ट दखाउँन भोलीपल्ट आउनुपर्ने समस्या छ । १ बजेपछि काशीको ओपिडिमा विशेषज्ञ चिकित्सक भेटन सकिदैन ।’ हालै कोशीका मेडिकल सुपरीटेन्टडेण्ड(मेसु) डा. गुणराज लोहनीले विहान १० देखि ४ बजेसम्म चिकित्सक ओपीडिमा रहने संचारमाध्यमबाट जानकारी गराएका थिए ।

कार्यक्रममा कोशी अस्पतालको नर्सिङ्ग प्रशासककी मन्जु यादवले दरबन्दी अनुसारको कर्मचारी नुहदा काममा समस्या आएको बताइन् । उनले समायोजनले पनि अहिले समस्या ल्याएको बताइन् । यहाँबाट जाने र नआउने समस्याले काममा कठिनाइ भएको उनको भनाई छ ।
समस्या सुनेका मन्त्री ढकालले मन्त्रालय सरुवा भएर आएपछि सूची तयार पारेर काम अगाडी बढएको बताए । ‘समायोजनमा करिब ७ हजार जनाको गुनासो छ,’ उनले भने, ‘सुगम र पहुच भएका व्यक्तिहरू नचाहिने दरबन्दीमा रहने गरेको जानकारी पाएको छु । अब यस्तो प्रवृतिको अन्त्य हुनेछ ।’
राजनैतिक आकांक्षा पूर्ती गर्ने बहनामा स्वास्थ्य क्षेत्रमा समस्या आएको उनले बताए । समस्याको समाधान गरि आगमी दिनमा अगाडी बढ्ने मन्त्री ढकालले बताए । सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडी बढाउन आफु लागि परेको बताए । सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रूपमा आगडी बढने उनको भनाई थियो । मन्त्री ढकालले कोशी अस्पतालले थप सेवा विस्तार गरेर भएपनि सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिए ।

कार्यक्रममा बोल्दै प्रदेश १ का सामािजक विकास मन्त्री जीवन घिमिरले प्रदेशको राजधानी रहेको शहर विराटनगर पछिल्लो समय स्वास्थ्य क्षेत्रको हबको रुपमा विकास भएको बताए । राजधनीमा रहेको कोशी अस्तपाललाई सबैको साथ सहयोगबाट सुधार गरि गुणस्तरीय सेवा प्रदानमा जोड दिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्