किराँत समुदायको उद्यौली पर्व आज, विराटनगरमा पनि भव्य रुपमा मनाईदै

किराँत समुदायको उद्यौली पर्व आज, विराटनगरमा पनि भव्य रुपमा मनाईदै

विराटनगर । प्रदेश १ मा बसोबास गर्ने किँरात समुदायको महान पर्व उद्यौली पर्व आजदेखि सुरु हुँदैछ । पूर्वी नेपालको किँराती समुदायमा रहेका राई, लिम्बु, याख्खा, सुनुवार जातीहरुले मंसिरे पूर्णिको दिनदेखी उद्यौली पर्वका सुरु गर्दछन् । यता विराटनगरमा पनि किँरात राई यायोख्खा, किँरात याक्थुङ चुम्लुङ र किराँत याक्खा छुम्माले पनि सामूहिक रुपमा उद्यौली पर्व मनाउने भएको छ ।
विराटनगर ११ मा रहेको साकेला थानमा विभिन्न समुदाय मिलेर एक आपसमा मिलेर आज यो पर्व मनाउँदै छन् । प्रकृतिसँग आस्थावान रहेका किँरात समुदायले प्रकृतिलाई पुजा गर्ने आदिवासी राई, लिम्बु र याख्खा जातिहरु कृषिमा आधारित जीवनशैली अपनाइ आएको र वर्ष भरीका बाली बटुल्ने समयलाई यो पर्बको रुपमा मनाउने गर्दछन् ।

उधौलीकै बेला हिमाली क्षेत्रमा बसोबास गर्ने भोटे, शेर्पा, लामा जातिले बर्षभरी रोपेका अन्नबाली थन्क्याएर हिमाली भेगमा पाईने अमूल्य जडिबुटीहरु लिएर जाडो छल्न तराई झर्ने गर्दछन् । तर जाती र समुदाय अनुसार फरक संस्कार संस्कृति भएकाले यसैलाई किराँतीहरु उधौली पर्वका रुपमा मनाउँछन् ।

परम्पराअनुसार लिम्बुले चासो तगनाम पर्व मनाउने गर्छन् भने याक्खाले चासुवा सुनुवारले खोलस्यादर र राईले उधौली साकेला अर्थात चण्डी नाच नाचेर यो पर्ब मनाउँदै आएका छन् । किरात समुदायकोे मूख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाउने गर्दछन् । आजदेखि सुरु भएको उधौली पर्व १५ दिन सम्म विभिन्न स्थानमा मनाउने गरिन्छ । यसैबिच प्रदेश सरकारले आज यही पर्बका् लासग भन्दै सार्बजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्