विराटनगरको चाँदनी चोकमा श्रीमानद्धारा श्रीमतीमाथि चक्कु प्रहार , श्रीमती गम्भिर

विराटनगरको चाँदनी चोकमा श्रीमानद्धारा श्रीमतीमाथि चक्कु प्रहार , श्रीमती गम्भिर

विराटनगर । विराटनगरको चादनी चोकमा श्रीमान्ले तरकारी काट्ने चक्कु प्रहार गर्दा श्रीमती गम्भिर घाईते भएकी छिन् ।

विराटनगर महानगरपालिका–४ चाँदनीचोकमा बिहीबार बिहान ५० वर्षीय डम्बर कार्कीले श्रीमती ३५ वर्षीय सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट सुस्मिताको टाउको, घाँटी र हातमा गहिरो चोट लागेको छ । गम्भीर अवस्थाकी सुस्मितालाई लाइफगार्ड अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नोवेल शिक्षण अस्पताल लगिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए ।
झापा घर भएका कार्की दम्पत्ति विराटनगर–११ बसपार्कमा डेरा बन्दै आएका थिए । दुवै जना बुधबार चाँदनी चोकमा सुस्मिताकी दिदी रीता कटुवालको घरमा पाहुना गएका थिए ।
पाहुना गएकै घरमा श्रीमान–श्रीमतीबीच सामान्य विवाद भएपछि डम्बरले चक्कु प्रहार गरेर श्रीमतीलाई मरणासन्न अवस्थामा पु¥याएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्