ब्राउन सुगर सहित विराटनगरबाट तीन जना पक्राउ

ब्राउन सुगर सहित विराटनगरबाट तीन जना पक्राउ

विराटनगर । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले ब्राउन सुगर ओसार पसारमा संग्लन ३ जनालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) ल्याउने र ल्याउन लगाउने सहित तीन जनालाई विराटनगरको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
रानी भन्सारमा रहेको लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले ब्राउन सुगर लिएर नेपाल तर्फ आउँदै गर्दा मोरङको केराबारी गाउँपालिका–१० का २९ वर्षीय अनुज खत्री, उनलाई ब्राउन सुगर ल्याउन लगाउने ४१ वर्षीय तेजबहादुर लिम्बू र विराटनगर महानगरपालिका–६ का २७ वर्षीय आयुव आलमलाई प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
खत्रीले दिएकै जानकारीका आधारमा उनलाई ब्राउन सुगर ल्याउन भारत पठाउने लिम्बू र आलमलाई पनि विराटनगरको बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । तीनै जना विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन इलाका प्रहरी कार्यालय रानीले म्याद थप गरेर अनुसन्धान अघि बढाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए ।
जोगवनीबाट एक ग्राम छ सय मिलिग्राम ब्राउन सुगर लिएर आउँदै गर्दा खत्री पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्