९ माघ २०७६, बिहीबार

बिराटनगरको एक होटेलको मुनाफाबाट मदरसालाई सहयोग

बिराटनगर मङ्सिर २६ ,

बिराटनगर-१४ स्थित रिजविया मदरसा इस्लाम नामक एक मदरसाका विद्यार्थीहरुलाई सहयोग गरिएको छ । रोयल बिर्यानी हाउसको मुनाफाबाट जाडोमा विद्यार्थीहरुले भोगीरहेको समस्यालाई मध्यनजर गर्दै ३० ओटा म्याट र ३ ओटा वाइट बोर्ड प्रदान गरिएको हो। हरेक महिना बिर्यानी हाउसको केही मुनाफा समाजको लागि सहयोग गरिने उक्त बिरयानी हाउसका सन्चालक पप्पु अनसारीले बताए ।

मदरसाको संस्थापक निजाम खानले उक्त मदरसालाई सबैको साथ र सहयोगको खाचो रहेको बताउँदै स्थापना भएको १० बर्ष भएता पनि अहिले सम्म एउटा शौचालय पनि निमार्ण हुन नसकेको दुखेसो पोखे । कार्यक्रमको संयोजन युवा समाजसेवी पेरिस सुबेदिले गरेका थिए ।

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस