उच्च अदालत विराटनगरमा पाँच महिनामा ३१ प्रतिशत मुद्दा फछर्यौट

उच्च अदालत विराटनगरमा पाँच महिनामा ३१ प्रतिशत मुद्दा फछर्यौट

विराटनगर । उच्च अदालत विराटनगरले चालु आर्थिक वर्षको पाँच महिनामा ३१.३४ प्रतिश मुद्दा फछर्यौट गरेको छ ।
उच्च अदालत विराटनगरका मुख्य न्यायधीश तिल प्रसाद श्रेष्ठले दिएको जानकारी अनुसार ३ हजार ४ सय ३० वटा मुद्दा मध्ये चालु आर्थिक वर्षको मंसिर २५ गतेसम्म १ हजार ७५ वटा मुद्दा फछर्यौट भएको हो ।
२ हजार ३ सय ५५ वटा मुद्दा फैसला हुन बाँकी रहेको उच्च अदालतको अभिलेखमा देखिन्छ । फछ्र्यौट हुन बाँकी रहेका मध्ये ७३ वटा मुद्दा १८ महिना नाघेकोको रहेको अदालतले जनाएको छ ।
गत अर्थिक वर्ष २०७४÷०७५ मा २ हजार ८२ वटा मुद्दा फछर्यौट भएकोले चालु आर्थिक वर्षमा ३ हजार ३ सय ३६ मुद्दा फछर्यौट गर्नुपर्ने लक्ष्य राखेको छ । गत वर्ष ५६ प्रतिशत मुद्दा फछर्यौट भएकोले चालु आर्थिक वर्षमा ७० प्रतिशत मुद्दा फछर्यौट गरिने लक्ष्य राखेको न्यायधीश श्रेष्ठले बताए । चालु आर्थिक वर्षमा ७० प्रशित मुद्दा फछर्यौट गरिन प्रति इजालस चालु आर्थिक वर्षमा ६ सय ७३ वटा मुद्दा फछर्यौट गरिनु पर्नेछ । उच्च अदालत विराटनगरमा पाँच वटा इजालस रहेको छ ।
चालु आर्थिक वर्षमा १८ महिना पुराना मुद्दाको संख्यालाई शुन्यमा ल्याउने अदालतको लक्ष्य रहेको छ । आगमि आर्थिक वर्षमा १ हजार ४ सय ५४ भन्दा बढी मुद्दा बाँकी रहन नदिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्