सुन्दर हरैचाका नितेस भए ‘अन्तर्राष्ट्रिय जुनियर साइन्स ओलम्पियाडमा’ तृतीय

<span class='c1'>सुन्दर हरैचाका नितेस भए ‘अन्तर्राष्ट्रिय</span> <span class='c2'>जुनियर साइन्स ओलम्पियाडमा’ तृतीय</span>

विराटनगर । कतारको दोहामा सम्पन्न भएको अन्तर्राष्ट्रिय जुनियर साइन्स ओलम्पियाड २०१९ प्रतियोगितामा नेपालका नितेस गौतम तृतीय भएका छन् । विभिन्न ८० वटा देशका विद्यर्थाीहरूले उक्त प्रतियोगितामा भाग लिएका थिए । नेपालबाट प्रतिनिधित्व गर्दै नितेस सहित ६ जना प्रतियोगिता भाग लिन गएका थिए ।
नितेस मात्र यो प्रतियोगिताबाट मेडल प्राप्त गर्न सफल भएका हुन् ।। नितेस मोरङको सुन्दरहरैचा नगरपालिका – ३ गछियास्थित माउन्ट मकालु उमाविको कक्षा १० मा अध्ययरत छन् । प्रथम भारतका विद्यार्थी भएका थिए ।
मेडल प्राप्त गरि नितेस बिहीबार नै स्वदेश फर्किएका छन् । उनलाई विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनी अध्ययनरत माउन्ट मकालु स्कूलका प्रिन्सिपल हेमन्त कार्कीसहित ठूलो संख्यामा विद्यार्थी र शिक्षकहरूले स्वागत गरेका थिए । नितेसले अन्तर्राष्ट्रिय मन्चमा पुगेर नेपालको नाम चिनाउन पाउँदा गौरान्वित भएको बताए । ‘यो प्रतियोगितामा धेरै देशहरूबाट सहभागि भएका थिए,’ उनले भने,‘अन्तर्राष्टि मन्चमा पुगेर नेपालको तर्फबाट मेडल प्राप्त गरि आफ्नो देशलाई अन्तर्राष्टि स्तरमा चिनाउन सफल भएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्