मन्त्री आङ्बो भन्छन्, ‘प्रदेशको संख्या बढाउनु पर्छ’ प्रदेशको नाम पहिचानका आधारमा

मन्त्री आङ्बो भन्छन्, ‘प्रदेशको संख्या बढाउनु पर्छ’ प्रदेशको नाम पहिचानका आधारमा

विराटनगर । प्रदेश नम्बर १ को नाम आगामी हिउँदो अबिधेशनबाट टुङ्गो लाग्ने भएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द बहादुर आङ्बोले प्रदेशको नाम अब हिउदे अधिवेशनबाट तय हुने बताएका हुन् । चासोक तङनाम फुङसोक उत्सव एले तङबे ५०७९ को अवसरमा पथरीमा भएको कार्यक्रममा आङ्बो प्रदेशको नाम आगामी अबिधेशनबाट टुङ्गो लाग्ने बताएका हुन् ।
आङबोले आवश्यक परे संविधान संशोधन गरेर प्रदेशको संख्या बढाउन सकिने समेत विवादास्पद अभिब्यक्ति दिएका छन् । आफै मन्त्री भएको प्रदेशको नाम टुङ्गो लगाउन नसकेको अबस्थामा देशकै संविधान संशोधन गरेर प्रदेशको संख्या थप्ने अभिब्यक्ति दिएका हुन् । अपेक्षा गरिएअनुसार देश संघीयतामा जाँदा प्रदेशको संख्या हुन नसकेको प्रदेशहरुको पुन संरचना हुन नसकेको आरोप लगाए ।
‘देश एकात्मक ब्यबस्थामा रहनु भन्दा संघात्मक ब्यवस्थामा जानुलाई हामीले प्रगतीशिल कदमको रुपमा लिएका छौ, मन्त्री आङ्बोले भने, ‘संबिधान कुनै धर्म शास्त्र या बेद हैन, भोलीका दिनमा संबिधान संशोधन गरेर भएपनि प्रदेशको संख्या बढाउन सकिने ब्यवस्था संबिधानले गरेको छ ।’ सबैले संबिधान संशोधनको आबश्यकता महसुस गरेपछि त्यो बिषय अघि बढ्ने समेत स्पष्ट उनले पारे ।
‘यो ऐतिहाँसिक थलोलाई हामी लिम्बुवान अर्थात लिम्बुवान भुगोल, लिम्बुवान क्षेत्र अर्थात लिम्बुवान एउटा स्वायत्त राज्यको रुपमा स्थापित हुनु पर्छ भनेर यो क्षेत्रमा लामो समय आन्दोलन हुँदै आएको थियो, अहिले पनि कुनै न कुनै रुपमा त्यो आवाज उठिरहेको छ, मन्त्री आङ्बोले भने, संबिधानको धारा २७४ संशोधन गरेर हामीले पुर्बी ९ जिल्लालाई छुट्टै ऐतिहाँसिक लिम्बुवान क्षेत्र नबनाईँदासम्म मात्रै तत्काल लिम्बुवान प्रदेशको संभावना छैन यद्यपी लामो समयसम्म संघर्ष गरेको यस क्षेत्रलाई कुनै न कुनै रुपमा सम्बोधनको लागि लामो समयसम्म छलफल र बहस भएको छ, कुन न कुनै हिसाबले पहिचानमा आधारित नाम राख्न हामी प्रतिबद्ध छौ ।’ उनले आफु मात्र पहिचानको नामका लागि प्रतिबद्ध नभई दल नै पहिचानको आधारमा प्रदेशको नाम राख्न तयार रहेको समेत बताए ।

उनले प्रदेश सरकारले नामको बिषय ल्याउनै लागेको अबस्थामा नामको बिषय पहिचान सँग जोडिएर आउने बताए । आम नागरिकको भावनालाई सम्बोधन गर्न अब प्रदेशको नामाङकन हुँदा पहिचानको आधारमा हुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्