विराटनगरमा भव्य भयो उधौली पर्व (फोटो फिचर सहित)

विराटनगरमा भव्य भयो उधौली पर्व (फोटो फिचर सहित)

विराटनगर । किराँत धर्मालम्वीहरुको महान पर्व उद्यौली पर्व आज विराटनगरमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । किराँत राई यायोक्खा नगर कार्य समिति विराटनगरको आयोजनामा विहीबार विराटनगर ११ साकेला थानमा पुजापाठ गरी विधिवत रुपमा पर्ब मनाईएको हो ।
पर्वको अबसरमा बिराटनगरमा रहेको साकेला थानमा सबै किराँत समुदायका सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर चण्डी नाच नाचेका थिए ।
किराँती समुदायसँगै चण्डी नाच्न बाहुन, क्षेत्री, नेवारसँगै मधेशी समुदायका युवा वर्गहरुको बाक्लो उपस्थिती थियो । उद्यौली पर्व पछिल्लो समय सबै समुदायमा पुग्न थालेको किरात राई यायोख्खा नगर परिषद्का अध्यक्ष विष्णु राईले बताए ।
आजै दिन यो पबैलाई लिम्बुले चासोक तगनाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा सुनुवारले खोलस्यादर र राईले उधौली साकेला संयुक्त रुपमा मनाउने गर्दछन् । किराँत समुदायकोे मूख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ ।

https://www.facebook.com/ourbrt/videos/1169762879887903/?v=1169762879887903

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्