विराटनगरको हिमालय दर्शन कलेजमा होटल मेनेजमेण्ट सम्बन्धी अन्र्तक्रिया

<span class='c1'>विराटनगरको हिमालय दर्शन कलेजमा</span> <span class='c2'>होटल मेनेजमेण्ट सम्बन्धी अन्र्तक्रिया</span>

विराटनगर । प्रदेश नम्बर एक मै फरक शैलीको कलेजको उपमा पाएको हिमालय दर्शन कलेज विराटनगरले व्याचलर अफ होटल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुसँग अन्र्तक्रिया गरेको छ ।


कलेजले बिहिबार कलेज सभाहलमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा म्यारीओट होटल काठमान्डौका मल्टि प्रोपर्टी डाईरेक्टर अफ लनिङ एण्ड डेम्लोमेन्ट रुपेश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । अन्र्तक्रिया कार्यक्रममा कलेजका प्रध्यापकहरुसँग समेत अन्तक्रिया कार्यक्रम भएको थियो ।


विराटनगरमा फरक शैली र विद्यार्थी केन्द्रित शिक्षण विधी अपनाइ रहेको यस हिमालयन दर्शन कलेजमा वि एच एम , विसिए , विआइएम , विविएस तथा विएससी सिएसआईटी कार्यक्रमहरु संचालन भईरहेको छ ।
यस्ता कार्यक्रमहरुले विद्यार्थी तथा प्रध्यापकहरुमा नयाँ उर्जा थपिनुको साथै कलेजको नियमित पठनपाठन प्रभावकारी तथा परिणाममुखी हुने कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले बताउनुभयो । यस अन्र्तक्रियाले आफूमा नयाँ उर्जा संचार हुनुका साथै होटल मेनेजमेन्ट कार्यक्रमको नया आयमहरु र ट्रेन्डहरुको बारेमा जानकारी प्राप्त भएको कलेजको विद्यार्थी दिपीका डागी बताईन् ।
साथै यस प्रकारका अतिरिक्त क्रियाक्लाप, परियोजना आधारीत सिकाई तथा एक्स्ट्रा क्रेडिट कोर्ष नियमित रुपमा कलेजले विद्यार्थीहरुलाई दिईरहेको कलेजका निर्देशक भेषराज पोखरेलले बताउनुभयो । साथै यस्ता कार्यक्रमले विद्यार्थीहरुको शैक्षिक गुणस्तर र व्यक्तित्व विकास मा पनि सकारत्मक परिवर्तन अनुभुत गर्न पाईरहेको आगामी दिनमा पनि यस्ता कार्यक्रमह निरन्तरता दिने पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्