प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५४ औ बार्षीकोत्सव, उत्कृष्ठ हुने प्रहरी पुरस्कृत

प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५४ औ बार्षीकोत्सव, उत्कृष्ठ हुने प्रहरी पुरस्कृत

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५४ औं वार्षिकोत्सव बिविध कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको खेलमैदानमा शुक्रबार आयोजित एक बिशेष कार्यक्रमका बिच ५४ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक ज्ञवालीले व्यवासायिक प्रहरी उत्पादनको उद्गमस्थल प्रहरी तालीम केन्द्रले ५४ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण परिवारलाई शुभकामना दिए । कार्यक्रममा बोल्दै ज्ञवालीले नेपाल प्रहरी संगठनले संगठनको आवश्यकता अनुरूपको सक्षम जनशक्ति उत्पादनका लागि प्रशिक्षण केन्द्रहरूहको विस्तार गर्ने क्रममा बि.स.२०२२ सालमा स्थापना भएको तालीम केन्द्रले हजारौ प्रहरी जनशक्तिलाई प्रशिक्षण प्रदान गरेको बताए ।
प्रशिक्षण पद्दतिका स्थानमा भोलीका चुनौती र आवश्यकताहरूलाई सम्वोधन गर्न सक्ने खालको आधुनिक प्रशिक्षण पद्दतिको विकास गरी सुयोग्य जनशक्ति उत्पादन गर्ने दिशामा तालीम केन्द्रले उल्लेखनीय भूमिका खेल्नु पर्ने बताए । समयानुकुल प्रहरीलाई दिईने तालीममा समेत परिवर्तन गर्दै नागरिकमुखी प्रहरी उत्पादनमा जोड दिनु पर्ने ज्ञवालीको भनाई छ ।
अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालीम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यावसायिकताका साथ काम गर्न निर्देशन समेत दिए।
वार्षिकोत्सवकै अवसरमा तालिम केन्द्रले उत्कृष्ट काम गर्ने ४ जना प्रहरी कर्मचारीहरु तथा बाह्य प्रशिक्षकको रुपमा सहयोग गर्नु हुने पुर्व प्रहरी निरीक्षक देवेन्द्र बोगटीलाई नगद पुरस्कार तथा सम्मान पत्रले पुरस्कृत गरेको छ । उनीहरुलाई प्रहरी नायव महानिरीक्षक ज्ञवालीले नगद पुरस्कारबाट सम्मान गरे ।
सोही अवसरमा आयोजित महिला तथा पुरुष रस्साकस्सी, म्युजिकल चेयर तथा हण्डीफोर र पिलो फाइटमा प्रथम तथा द्धितीय खेलाडीहरुलाई समेत पुरस्कार बितरण गरिएको छ ।
कार्यक्रममा फुटवल, बास्केटबल र महिला तथा पुरुष २ माईल दौड तर्फका बिजेता तथा उप बिजेता खेलाडीहरुलाई तालिम केन्द्रका बरिष्ठ प्रहरी उपरीक्षक पुरुषोत्तम कडेलले पुरस्कार बितरण गरेका थिए ।
टेबुल टेनिस, ब्याडमिन्टन तथा बाधापार प्रतोयोगिताका बिजेता तथा उप(बिजेतालाई शसस्त्र प्रहरी गण मुख्यालय रानीका गणपति सुदिपराज भण्डारीले पुरस्कृत बितरण गरे ।
प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायव उपरीक्षक सुनिल कुमार दाहालले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा आजका मितिसम्म आईपुग्दा आधारभूत, उन्नत, अनुशिक्षण तथा प्रत्यास्मरण समेत गरी कुल ७५ हजार २ सय १ जना प्रहरी अधिकृत तथा जवानहरूलाई प्रशिक्षित गरी सकिएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्