विराटनगरमा जारी प्याब्सन फूटबल टुर्नामेन्टमा १४ स्कूल विजयी

विराटनगरमा जारी प्याब्सन फूटबल टुर्नामेन्टमा १४ स्कूल विजयी

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा १४ विद्यालय विजयी भएका छन् । विराटनगरमा शनिबार भएको दुई वटा खेल मैदानमा १४ वटा स्कूल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।
विराटनगरस्थित सहिद मैदानमा भएको खेलमा बिकेभिएम, मालबिका, सगरमाथा, स्मृति, एभरेष्ट, मोर्डन, बालविकी स्कूल विजयी भएको हो । यस्तै शनिबार डिपिएस स्कूलको खेल मैदानमा भएको प्रतियोगितामा कान्तिपुर, डनबक्सको, मदल्याण्ड, ग्रिनल्याण्ड, डिपिएस, डिएभी स्कूल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ ।
सहिद मैदानमा भएको पहिलो खेलमा बिकेभिएम स्कूलले युनिक स्कूललाई ४–२ गोल अन्तरले पराजित ग¥यो । दोस्रो खेलमा मालबिका स्कूलले लर्डबुद्ध निकेतनलाई १–० गोल अन्तरले हरायो । तेस्रो खेलमा सेन्टजेभियर्सले पूर्वाञ्चल विद्या सदनलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।
चौथोे खेलमा सगरमाथा स्कूलले मरिगोल्ड स्कूललाई ६– ० गोलको अन्तरले हरायो । पाँचौ खेलमा स्मृति स्कूलले सिद्धार्थ शिसु सदनलाई १–० गोलले जित्यो । छैठौं खेलमा एभरेष्ट स्कूलले वाकओभरमा विजयी भयो । भगवती स्कूल खेल अवधिरी नआएपछि एभरेष्टले वाकओभर पाएको थियो । सातौ खेलमा मोर्डन एराले कान्तिपुर स्कूलाई २–० गोल अन्तरले जित्यो । आठौं खेलमा बालविकी स्कूलले एजेलिया स्कूललाई ३–० गोलले हरायो ।
त्यस्तै सोहि दिन डिपिएस स्कुलको खेल मैदानमा भएको पलिो खेलमा कान्तिपुर स्कूलले मोरङ पब्लिकलाई १–० गोलले जित्यो । दोस्रो खेलमा डानबक्सको स्कूलले प्यारागनलाई ८–० गोलले हरायो । तेस्रो खेलमा मदरल्याण्ड स्कूलले ग्यालक्सी स्कूललाई ६–२ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । चौथो खेलमा ग्रिनल्याण्डले ज्ञानुदय स्कूललाई १–० गोलले जित्यो । डिएभी र सारदा स्कूलले वाक ओभरमा जित हासिल गरेको छ । इडेन स्कूल र ओडीसि स्कूल नआएपछि डिएभी र सारदा स्कूलले वाक ओभरमा खेल जितेको हो ।
पुस १ गतेसम्म हुने फूटबल टुर्नामेन्टमा ४० वटा टिमको सहभागी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्