मोरङ । प्रजातन्त्र सेनानी एवं कवि रमाप्रसाद रिजाल अज्ञातद्वारा लिखित कृति विमोचन गरिएको छ। विराटनगरमा शनिबार आयोजित कार्यक्रममा ९२ वर्षीय कवि रिजालद्वारा लिखित कविता संग्रह ‘कथा एउटा आँगनको’ विमोचन गरिएको हो।
त्यसैगरि कार्यक्रममा लेखिका लक्ष्मी श्रेष्ठद्वारा लेखिएको हाइकु संग्रह ‘मनका तरङहरु’ विमोचन गरिएको थियो। कवि रिजालद्वारा लिखित ‘कथा एउटा आँगनको’ कविता संग्रहमा ३८ वटा कविता समेटिएका छन् भने श्रेष्ठ लिखित हाइकुसंग्रह ‘मनका तरंगहरु’मा विभिन्न ५ सय वटा हाइकुहरु समेटिएका छन्।
कार्यक्रममा समिक्षकद्वय कविराज न्यौपाने र हरि कट्टेलले विमोचित दुवै कृतिको समिक्षा गरेका थिए। दुवै कृति पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले प्रकाशित गरेको हो।