पैसा तिर्न नसक्दा सुत्केरी महिला विराटनगर अस्पतालमै बन्दी, डिस्चार्ज गर्न भिख माग्दै श्रीमान !

पैसा तिर्न नसक्दा सुत्केरी महिला विराटनगर अस्पतालमै बन्दी, डिस्चार्ज गर्न भिख माग्दै श्रीमान !

विराटनगर । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका तोपाकी ललितादेवी मण्डलले उपचार रकम तिर्न नसक्दा विराटनगरस्थित विराटनगर अस्पतालमा बन्दक बनेकी छिन् । एक महिना अघि विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा जुम्ल्याहा छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पु–याइएको थियो ।

उनका परिवारले ट्रमा सेन्टरमा सुत्केरी गराउनेदेखि छोरीको उपचार खर्चसमेत गरेर १ लाख ७४ हजार रुपैयाँ बुझाएपनि अस्पतालले अझै ३ लाख ५० हजार रुपैयाँ बाँकी रकम तिरेपछि मात्रै डिस्चार्ज गरिदिने भन्दै रोकेको छ ।घरको आर्थिक अवस्था कमजोर भएकी ललितादेवीलाई अहिले अस्पतालबाट डिस्चार्ज गर्ने खर्च जोहो गर्न उनका श्रीमान गोपी मण्डल गाँउमा भिख माग्न बाध्य बनेका छन् ।यस अघि दुई लाख भन्दा बढी ऋण खोजेर अस्पतालमा बुझाएपनि बाँकी रकम जोहो गर्न नसकेको उनी बताउँछन् ।

यता विराटनगर अस्पतालका बरिष्ठ लेखा अधिकृत सुवास पोखरेलले भने बिरामीका आफन्तले अस्पतालमा अहिलेसम्म ५ हजार रुपैयाँ धरौटी मात्रै बुझाएको बताएका छन् । अहिले अस्पतालले उपचार बाहेक पनि केही सहयोग गर्नसक्ने तर, उपचार खर्च पूरै मिनाहा गर्न नसकिने बताएको छ ।

अस्पतालले जटिल अवस्थामा आएका बिरामीलाई अहिले सामान्य अवस्थासम्म ल्याइपु-याउँदा पैसाको कारण उपचार नरोकेको तर, खर्च नतिरी डिस्चार्ज गर्न नमिल्ने बताएको छ । साभार न्युज २४बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्