क्यामरुन युद्धः म एउटा ‘सिक्रेट’ स्कुलमा पढ्छु

क्यामरुन युद्धः म एउटा ‘सिक्रेट’ स्कुलमा पढ्छु

बीबीसी ।  क्यामरुनमा बस्ने ११ वर्षीय मेकजोर्नी एउटा गोप्य रुपमा सञ्चालन गरिएको ‘स्क्रिेट’ स्कुल जान्छन् । उनको परिवारले अङ्ग्रेजीको बाहुल्यता भएको क्षेत्रमा पुगेपछि छोरा सुरक्षितसाथ स्कुल जान पाउने आशा गरेको थियो ।  तर क्यामरुनको सबैभन्दा ठूलो शहर डोउलामा अध्ययनका लागि उनी जाँदै गरेको स्कुल कुनैपनि समय बन्द हुने जोखिममा रहेको छ । अधिकांश फ्रेन्च भाषी बस्ने सो शहरमा स्थानीय निकायहरुले सो स्कुललाई अवैध ठहर गर्दै आएका छन् ।

राजधानी बमेन्डा सहित उत्तरपश्चिमस्थित एङ्ग्लोपोर क्षेत्रका प्रायः सबै स्कुल पछिल्लो तीन वर्षदेखि बन्द छन् जसले ६ लाख बढी बालबालिकालाई शिक्षाबाट वञ्चित गराएको तथ्याङ्कमा उल्लेख छ ।

मेकजोर्नीले बीबीसीसँग भने, “मैले बमेन्डामा युद्ध चलेपछि त्यो ठाउँ छाडेँ । उनीहरु त्यहाँ गोली चलाउँदै मान्छे मारिरहेका थिए ।”  यसरी सञ्चालनमा रहेको एकदम थोरै स्कुलहरु पनि विद्रोही लडाकूहरुले आक्रमण गर्ने खतरामा छन् ।  उनी भन्छन्, “हामी कक्षाकोठामा पढिरहेका हुन्थ्यौँ र त्यसैबेला स्कुलको छानामा गोली वर्षिएको सुनिन्थ्यो । त्यो एकदमै डरलाग्दो अवस्था थियो ।”

यस्तोमा डोउलाका केही उद्यामीहरुले बालबालिकालाई शिक्षा प्रदान गर्नका निम्ति नयाँ कदम चालेका हुन् तर यस वापद् उनीहरुले निश्चित मूल्य पनि चुकाउनु परेको छ ।  अहिले मेकजोर्नी हरेक दिन सबेरै ससानो गल्ली हुँदै स्कुलतर्फ दुई किलोमिटरको यात्रा गर्छन् ।  सो विद्यालयको काठले बनेको छ भने त्यसमा कुनै झ्याल छैन । झ्याल बिनाको काठले बनेको सो भवन भित्रबाट अग्ला घाँस र रुखहरु मात्र देख्न सकिन्छ ।

यसरी निकायहरुलाई थाहा नदिनकै लागि त्यस किसिमको ठाउँमा विद्यालय स्थापना गरिएको हो । मेकजोर्नीले निजी विद्यालयमा पढिरहेको यो दोस्रो पटक हो ।  यसअघिको विद्यालय स्वीकृत हुन सक्दा सरकारी निकायहरुले बन्द गराएका थिए ।  सरकारी निकायले कुनैपनि स्कुलले कानुनी मान्यता प्राप्त गर्न त्यहाँ खेल मैदान, पुस्तकालय र सुविधासम्पन्न कक्षाकोठा हुनुपर्ने बताएका छन् ।

तर ती स्कुलका सञ्चालकहरुले खुलेआम त्यस्ता नीति नियमको खुलेआम अनादर गर्दै आफ्ना छोराछोरीलाई शिक्षा दिन आतुर बाबाुआमाबाट महङ्गो शुल्क असुल्ने गरेका छन् ।  यसमा वार्षिक २०० डलरसम्मको शुल्क उठाइने गरिएको छ जुन मासिक राष्ट्रिय न्युनतम पारिश्रमिकको चार गुणा बढी हुन पुग्छ ।
यसबारेमा मेकजोर्नीकी आमा भन्छिन्, “यस्तो वातावरणमा रेजिस्ट्रेसन फि तिर्न समेत कठिन हुने गरेको छ ।”

उनका अनुसार युद्धबाट भागेका उनीजस्ता संघर्षरत् अभिावकसँग अत्यन्तै सिमित विकल्प छन् र स्वीकृत विद्यालयमा स्थान पाउन त असम्भव सरह भइसकेको छ ।  हालसम्म त्यहाँका सरकारी निकायले २६० भन्दा बढी स्कुल बन्द गराइसकेका छन् र यसको विकल्पमा कुनै कदम नउठाइएको आलोचकहरुको आरोप छ । एङ्ग्लोफोन क्षेत्रमा २ करोड ५० लाख मानिसहरु बसोबास गर्छन् ।

वास्तवमा यो समस्या २०१६ मा सुरु भएको हो जब सरकारले अङ्ग्रेजी भाषीहरुको क्षेत्रमा सबै स्कुलमा फ्रेन्चको प्रयोग बढाउने निर्णय गर्यो ।  यसैपछि विद्रोहीहरुले विद्यालय बहिस्कार गराउनमा जोड दिएका हुन् र आफूले भनेको नमानेमा विद्यार्थी र शिक्षकहरुलाई अपहरणसमेत गर्ने गरेका छन् ।  गत फेब्रुअरीदेखि मात्र १७६ भन्दा बढी मानिसहरु अपहरण भएका छन् जसमध्ये अधिकतम विद्यार्थी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्