विराटनगर । विराटनगर जुनियर जेसिजको आयोजनमा सोमबारदेखि टेष्टी–टेष्टी हाजिरजवाफ प्रतियोगिता हुने भएको छ । विराटनगरमा ५ दिन सम्म चल्ने प्रतियोगितामा प्रदेश नं. १ र २ का ३६ विद्यालयको सहभागिता रहने विराटनगर जुनियर जेसिजकी अध्यक्ष दीपा ओडारीले बताउनुभयो ।

मंसिर ३० गतेदेखि पुस ४ गते सम्म विराटनगरको वीरेन्द्र सभागृहमा हुने प्रतियोगितामा सहभागि विद्यालयलाई ६ वटा समूहमा विभाजन गरिएको छ । प्रतियोगीतामा प्रथम हुन विद्यालयले नगद ३० हजार, ट्रफी प्राप्त गर्ने छन् । यस्तै दोश्रो हुने विद्यालयले २० हजार र तृतीय हुनेले १० हजार नगद र ट्रफी हात पार्ने आयोजकले बताएको छ । विराटनगर जुनियर जेसिजको आयोजनामा विगत २३ वर्षदेखि एउटै प्रयोजक र एकै स्थानमा क्वीज प्रतियोगिता हुँदै आएको छ । कावरा ग्रुपको टेष्टी–टेष्टी विस्कुटको प्रयोजन र वीरेन्द्र सभागहृमा क्वीज प्रतियोगिता हुँदै आएको अध्यक्ष ओडारीले बताउनुभयो । विद्यार्थीको क्षमता अभिबृद्धिका लागि आयोजना गरिने क्वीज प्रतियोगिताले विराटनगरमा छुट्टै ऐतिहासिकता बनाएको उहाँले बताउनुभयो ।