विराटनगर । विराटनगरमा रहेको ‘मानव सहयोगी हात ’नामक संस्थाले खुल्ला रक्तदान गरेको छ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘मानव सहयोगी हातले विराटनगर १० मा रहेको कान्तिपुर कलेज परिसरमा आइतबार रक्तदान गरिएको मानव सहयोगी हात संस्थाका संचिव ताजिम अन्सारीले जानकारी दिए । कलेज परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा विद्यार्थी, शिक्षक तथा कलेजका कर्मचारी हुन् ।