दलित पत्रकार संघ मोरङको अध्यक्षमा विश्वकर्मा

दलित पत्रकार संघ मोरङको अध्यक्षमा विश्वकर्मा

विराटनगर । राष्ट्रिय दलित पत्रकार सघ नेपाल मोरङको अध्यक्षमा पत्रकार किशोर विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । मोरङमा क्रियाशिल दलित समुदायका पत्रकारहरुको विराटनगरमा आईतबार सम्पन्न प्रथम जिल्ला भेलाले विश्वकर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नेपाल पत्रकार महासंघ मोरङको २ कार्यकाल कार्य समिति सदस्य, टेलिभिजन, रेडीयो, छापा तथा अनलाईन सवै माध्यममा पत्रकारिताको अनुभव बटुलेका विश्वकर्मा झण्डै डेढ दशकदेखी पत्रकारिता क्षेत्रमा कृयाशिल छन् । राष्ट्रिय दलित पत्रकार सघ नेपालका केन्द्रीय उपाध्यक्ष गोपाल बराईलीको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलको विषेश आतिथ्यतामा सम्पन्न भेलाले समितिको उपाध्यक्षमा खड्ग नेपाली, सचिवमा तिलक नेपाली, सह–सचिवमा सुष्मा नेपाली र कोषाध्यक्षमा अनु बराईली चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा मिलन गहतराज, डिल्लीराम पौडेली, काजीमान लाम्गादे, जिना पौडेली र एलिना दियाली चयन भएका छन् । भेलाले पत्रकार पदमकुमार सरदारलाई आगामी मंसिर ४ र ५ गते धनकुटामा हुने प्रदेश भेला तथा प्रदेश समिति चयनमा मोरङको प्रतिनिधित्व गर्दै सहभागिताका लागि पठाउने निर्णय समेत गरेको छ । नव गठित समितिलाई राष्ट्रिय दलित पत्रकार सघ नेपालका केन्द्रीय उपाध्यक्ष गोपाल बराईलीले बधाई तथा शुभकामना दिँदै दलित समुदायका सवालहरुलाई आफु कार्यरत सञ्चार माध्यममा सशक्त रुपले उठाउन आग्रह गरे ।
उनले दलित समुदायको सशक्तिकरणमा पत्रकारीता क्षेत्रको भुमिका महत्वपूर्ण हुने बताउँदै समुदायको चौतर्फी विकासमा लागि पर्न जोड दिए । सो अबसरमा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले दलित समुदायको मुल प्रवाहीकरणमा पत्रकारिता क्षेत्रमा पनि दलित समुदायको उपस्थिती राम्रो बन्दै गएको बताए । उनले राष्ट्रिय दलित पत्रकार सघ नेपाल मोरङलाई बधाई तथा शुभकामना दिँदै जिल्लामा कृयाशिल दलित पत्रकारको खोजि गरि सवैलाई समेटदै लैजान सुझाब दिए । अध्यक्ष पोखरेलले जिल्लाका सवै खाले सञ्चार माध्यामहरुमा पनि दलित समुदायको प्रतिनिधित्व ह्ुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्