प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा ७ स्कुल क्वाटरफाईनलमा

प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा ७ स्कुल क्वाटरफाईनलमा

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा ७ वटा स्कूल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरमा आइतबार भएको खेलमा डिपिएस, बालमिकी, डनबक्सको, सेन्टजोसेफ, जेभियर्स,बिकेभिएम, ज्ञान सारथी स्कूल विजयी भइ सेमिफाइनमाल प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा डिपिएसले ग्रिनल्याण्डलाई टाइब्रकेरमा ६–४ गोलले पराजित ग¥यो । निर्धारित समयसम्म गोल रहित खेल बराबरी भएपछि टाइब्रेकरबाट खेलको छिनाफानो भएको हो । दोस्रो खेलमा बालमिकीले मोर्डन एरालाई १–० गोलले हरायो । तेस्रो खेलमा डनबक्सकोले कान्तिपुर निकेतनलाई २–१ गोलले जित्यो । चौथो खेलमा जेभियर्स स्कूलले सगरमाथा स्कूललाई सडन देथमा ५–४ गोलले निराश बनायो । पाँचौ खेलमा सेन्टजोसेफले जनक मेमोरियललाई १–० गोलले जित्यो । छैठौं खेलमा बिकेभिएमले मालबिकीलाई ५–० गोलले हरायो । सातौं खेलमा ज्ञानसारथीले सारदा स्कूललाई २–१ गोलले पराजित ग¥यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्