प्रदेश १ को धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव गर्ने केशवको सपना अधुरै

प्रदेश १ को धरानमा अन्तराष्ट्रिय  चलचित्र महोत्सव  गर्ने केशवको सपना अधुरै

विराटनगर । नेपाली सिने जगतका दुई हस्तिहरुले सदाको यस धर्तीबाट विदाई भईरदाँ नेपाली सिने क्षेत्र यति बेला शोकमा डुबेको छ । गएको तीन दिन भित्रमा नेपाली सिने क्षेत्रका दुई ठूला हस्तीहरुको निधनले नेपाली चलचित्र क्षेत्र शोकमा डुबेको हो ।
गत शनिबार कलाकार दिपक क्षेत्री सुते कै स्थानमा मृत अवस्थामा भेटिए । त्यस्तै फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको पनि निधन भयो । आइतबार राति भट्टराईको निधन भ भएको हो ।
यसैबिच प्रदेश १ सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले केशब भट्टराईको निधनमा दुःख ब्यक्त गरेका छन् । मुख्यमन्त्री शेरधन राईले आफ्नो फेसबुक स्टाटसमा भट्टराईको निधनबाट आफु स्तब्ध भएको उल्लेख गरेका छन् । त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो (मौसम) ले पनि उनको निधनमा शोक ब्यक्त गरेका छन् । केही समय अगाडी प्रदेश सरकारले चलचित्र विकास बोर्डसँगको सहकार्यमा प्रदेश १ को धरानमा चलचित्र महोत्सव गर्ने सहमती भएको थियो । कात्तिकमा नै गर्ने भनिएको चलचित्र महोत्सव धरान उपमहानगरपालिकाको मेयरको उप निर्वाचनका कारण स्थगित भएको थियो ।
निर्वाचनका कारण स्थगित भएको प्रदेश १ को पहिलो चलचित्र महोत्सव गर्न नपाई केशव भट्टराईको निधन भएको छ । विराटनगर नै लामो समय बिताएका भट्टाईका आफन्त अहिले पनि बिराटनगरमा नै रहेका छन् ।
५२ वर्षीय भट्टराई लामो समयदेखि नेपाली चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गर्दै आएका थिए। उनी चलचित्रका निर्माता पनि हुन। भट्टराई एक वर्षअघिदेखि चलचित्र विकास वोर्डको अध्यक्ष थिए। उनी आफु अध्यक्ष भएको बेलामा परदेशका चलचित्रहरु स्वदेशमा देखाउन र काठमाडौँमा मात्र हुने चलचित्र महोत्वसलाई मोफसलमा उर्याउने अभियानमा लाग्दैै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्