महेन्द्र मोरङमा कर्मचारी संघको आन्दोलन, सेवा आयोग विरुद्धमा आक्रोश

महेन्द्र मोरङमा कर्मचारी संघको आन्दोलन, सेवा आयोग विरुद्धमा आक्रोश

विराटनगर । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विज्ञापन प्रकाशित नगरेको भन्दै त्रिभुवन विश्व विद्यालयका कर्मचारीहरु आन्न्दोलित भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्बाट निर्णय भईसकेको विज्ञापनलाई त्रिवि सेवा आयोगले विज्ञापन नगरेको भन्दै कर्मचारी संघले चरणवद्ध आन्दोलन सुरु गरेको हो ।
त्रिभुवन विश्वविद्यालयका कर्मचारी संघको केन्दी्रय कार्यक्रम अनुसार विराटनगरमा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसका कर्मचारी पनि आन्दोलित भएका छन् । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसका संघले पनि एक्यवद्धता जनाउदै सोमबार दुई घन्टा विरोध जनाए ।
कर्मचारीहरुले क्याम्पस परिसरमा दिउसा १२ बजे देखी २ बजे सम्म काम कार्वाही ठप्प पारेर आन्दोलन गरिएको त्रिभुवन विश्वविद्यालय कर्मचारी संघका केन्द्रीय सदस्य प्रमोद कामतले जानकारी दिए ।
कर्मचारीले सोमबार पनि कालो पट्टी बाँधेर एक घन्टा आफ्नो दैनिक काम ठप्प पार्ने बताएका छन् । आन्दोलनरत कर्मचारीले पुस २ गतेसम्म नै हातमा कालो पट्टी बाँध्ने र २ घन्टा कलम बन्द गर्ने जनाएका छन् । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा हाल ५२ जना कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्